Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रंगशाला प्रकरण: धुर्मुस-सुन्तलीविरुद्ध ५२ लाखको मुद्दा

✍ परिकला न्यूज
फाल्गुन २०, २०८१ मा प्रकाशित
रंगशाला प्रकरण: धुर्मुस-सुन्तलीविरुद्ध ५२ लाखको मुद्दा

इटहरी/ चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालासँग जोडिएको आर्थिक विवादले नयाँ मोड लिएको छ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध पञ्चकन्या स्टिलले ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ बक्यौता रहेको दाबी गर्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका लागि उक्त कम्पनीबाट पटक-पटक छड लिएको तर त्यसको भुक्तानी नगरेको भन्दै मुद्दा दायर गरिएको हो ।

स्रोतका अनुसार उनीहरूविरुद्ध लेनदेन कसुरमा देवानी मुद्दा अघि बढाइएको छ । २०७५ माघ १६ गते धुर्मुस-सुन्तलीले चन्दा संकलनमार्फत रंगशाला निर्माणको घोषणा गरेका थिए । भरतपुर महानगरपालिकासहित सरकारी निकायहरूसँग सम्झौता गरी निर्माण कार्य अघि बढाइएको थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस नेता डा. शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ११ जनाको रोहबरमा महानगर र फाउन्डेसनबीच स्वामित्व हस्तान्तरणका लागि सम्झौता भएको थियो ।

सम्झौताअनुसार, स्रोत अपुग भएमा आपसी सहमतिमा रकम जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व दुवै पक्षको थियो । तर, कोरोना महामारीका कारण रंगशाला निर्माण प्रभावित भयो । वित्तीय कठिनाइका कारण फाउन्डेसनले २०७८ माघ २० गते रंगशालाको स्वामित्व भरतपुर महानगरलाई हस्तान्तरण गर्यो । तर, तीन वर्ष बितिसक्दा पनि १ सय ३६ कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ तिर्न सकेको छैन् ।

यस विषयमा सीताराम कट्टेलले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्दा ऋणको जिम्मेवारी समेत सुम्पिएको दाबी गरेका छन् । “स्वामित्व दिएपछि महानगरले ऋण तिर्नुपर्ने हो, तर भुक्तानी नहुँदा तनाव मैले बोकेको छु । अहिले दैनिक सिंहदरबार धाएर सरकारलाई ऋण तिर्न अनुरोध गरिरहेको छु,” उनले भने । २०७९ चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । हाल ग्लोबल टेन्डरमार्फत हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनीले निर्माण कार्यलाई अघि बढाइरहेको छ ।

अगाडिकाे पाेस्ट

फूलपातीमा रिलिज हुने ‘हरिबहादुरको जुत्ता’ को छायांकन २९ दिनमै सम्पन्न

अर्काे पाेस्ट

कतै कार्यक्रम रोक्दिने कतै आयोजकको अभद्र व्यवहार: दुर्गेशको दुश्मन हेरेको हेरै की बढेको बढै ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana