इटहरी/ आगामी दशैँको फूलपातीमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन २९ दिनमा सम्पन्न भएको छ । निर्देशक दिपेन्द्र के. खनालको नेतृत्वमा निर्माण भइरहेको यो फिल्मको गीतबाहेक सम्पूर्ण छायांकन सहज रूपमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । फिल्मका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले छायांकन अत्यन्त सहज वातावरणमा सकिएको बताए ।
उनले भने, “निर्देशक दिपेन्द्र के. खनालको कुशल निर्देशन, कलाकार तथा प्रविधिकहरूको राम्रो तालमेलका कारण अपेक्षाभन्दा चाँडो छायांकन पूरा गर्न सक्यौं।” साथै, उनले छिट्टै गीतहरूको छायांकनसमेत सम्पन्न हुने विश्वास व्यक्त गरे । एसएम मोसन पिक्चर्स को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता सरोज ओली र मोहित बंश आचार्य हुन् ।

हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्यदेव पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने लगायतका कलाकारको यो फिल्ममा अभिनय रहेको छ । निर्माता सरोज ओलीका अनुसार, पोस्ट-प्रोडक्सनको काम पूरा गरेर फिल्म दशैँको फूलपातीमै दर्शकमाझ ल्याउने तयारी भइरहेको छ ।















Discussion about this post