इटहरी/ फिल्म ‘वरिष्ठ बलराम’ कात्तिक ३ गते तिहारको लक्ष्मी पूजाको दिनबाट प्रदर्शन हुने भएको छ । निर्माण टिमले शिवरात्रिको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो । सामाजिक कथावस्तुमा आधारित यो फिल्मलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । पौडेल नेपाली फिल्म उद्योगका कुशल सम्पादक हुन्, र यो उनको चौथो निर्देशकीय प्रोजेक्ट हो ।
फिल्मको कथा र सम्पादन पनि उनले नै गरेका छन् भने पटकथा महेश दवाडी ले लेखेका छन् । फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन एक सातापछि सुरु हुने तयारी भइरहेको छ, जसका लागि तराईका विभिन्न स्थानलाई छायांकन स्थलको रूपमा चयन गरिएको छ । हेर्नुस् टाईटल टिजर ।
आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेका यो फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण हुनेछ । छायांकनमा मन कृष्ण महर्जन डिओपीको रूपमा रहनेछन् भने संगीत प्रशान्त शिवाकोटी, एक्सन निर्देशन सम्राट शाक्य र कोरियोग्राफी प्रदीप लामाको रहनेछ । फिल्मको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । निर्माण टिमका अनुसार ‘वरिष्ठ बलराम’ सामाजिक सन्देशसँगै मनोरञ्जनलाई जोड दिने फिल्म हुनेछ ।














Discussion about this post