इटहरी/ गायक सुरज गुप्ताले आफ्नो पहिलो गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । जन्मदिनको अवसर पारेर उनले यो गीत सार्वजनिक गरेका हुन् । गीतकार तथा संगीतकार नरहरि प्रेमीको शब्द तथा संगीत रहेको गीतको अडियो र भिडियो काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको आकर्षक अभिनय देख्न सकिन्छ । सार्वजनिक कार्यक्रममा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि तथा पूर्वमन्त्री एसपी कोइराला विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । बास्कोटाले गीतको अडियो तथा भिडियो दुवै उत्कृष्ट बनेको प्रतिक्रिया दिए । हेर्नुस् भिडियो ।
यता कोइरालाले नेपाली गीतमा भोजपुरीको समिश्रण रोचक लागेको बताए । गीतमा अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर रहेको छ । भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन् भने छायांकन बुद्ध थापाले गरेका छन् । गीतका निर्माता डिएन गुप्ता हुन् भने सह-निर्मातामा निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता रहेका छन् । गीत नरहरि प्रेमीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।














Discussion about this post