इटहरी/ नेपाली संगीत क्षेत्रमा डेढ दशकदेखि सक्रिय गायक तथा संगीतकार विक्रम राईको आज बिहान असामयिक निधन भएको छ । पारिवारिक स्रोतका अनुसार राति करिब ३ बजे सुतेकै ठाउँमा अचानक सास फेर्न छाडेपछि उनलाई मोडेल अस्पताल, बागबजार पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
हाल उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । उनको निधनको कारण भने खुल्न बाँकी छ । ३१ वर्षीय राईले ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे २ र ३’, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन) जस्ता लोकप्रिय गीतमार्फत श्रोतामाझ अलग पहिचान बनाएका थिए ।
खोटाङका स्थायी बासिन्दा राईले सयौं गीतमा स्वर भरेका छन् । विक्रम राई नेपाल आइडलको पहिलो विजेता हुन्, तर त्यसबेला फ्रेन्चाइज नेपाल आइडल सुरु भएको थिएन । उनको अकाल निधनले नेपाली संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।














Discussion about this post