Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

समिरको एक्सन लुक्स सार्वजनीक, ‘बलिदान’ दशैँको फूलपातीदेखि प्रदर्शन पक्का

✍ परिकला न्यूज
फाल्गुन १७, २०८१ मा प्रकाशित
समिरको एक्सन लुक्स सार्वजनीक, ‘बलिदान’ दशैँको फूलपातीदेखि प्रदर्शन पक्का

इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘बलिदान’ को औपचारिक रिलिज मिति घोषणा गरिएको छ । निर्माण घोषणादेखि नै चर्चामा रहेको यो फिल्म २०८२ सालको फूलपाती (असोज १३) मा प्रदर्शन हुने भएको छ । निर्देशक सन्तोष सेनको नेतृत्वमा निर्माण गरिएको यस फिल्ममा समीर भट्ट प्रमुख भूमिकामा छन् । फिल्मको कथावस्तु नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा केन्द्रित रहेको छ ।

निर्देशक सेनले फिल्मको पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’ ले नेपाली समाजको एउटा गहिरो यथार्थ बोकेको बताएका छन् । सार्वजनिक पोस्टरमध्ये पहिलोमा समीर भट्टलाई कालिमाताको भव्य मूर्तिको पृष्ठभूमिमा त्रिशूलसहितको हतियार बोकेको देख्न सकिन्छ, जहाँ उनी आफ्नो लक्ष्य पूरा गरेपछि उभिएको भावमा देखिएका छन् । निर्देशकका अनुसार, यो पोस्टर समीरले दानवी प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको क्षणलाई संकेत गर्छ । दोस्रो पोस्टरमा उनी लासहरूको बीचमा उभिएका छन्, जहाँ उनले एक व्यक्तिलाई लतारिरहेको दृश्य छ ।

निर्देशक सेनले ‘बलिदान’ निर्माण सहज यात्रा नभएको उल्लेख गरेका छन् । उनले भने, “जब मैले यो फिल्म बनाउने निर्णय गरेँ, तब यति ठुलो मेहनत गर्नुपर्छ भन्ने सोचेको थिइनँ । जीवनभर बगाएको पसिनामध्ये सबैभन्दा धेरै यसैमा बगेको छ ।” फिल्मको कथा लेखनदेखि छायाङ्कन र सम्पादनसम्म निर्माण टिमले कुनै सम्झौता नगरेको उनले बताए । ‘बलिदान’ लाई अझ स्तरीय बनाउन दक्षिण भारतीय प्रविधि तथा सीपको प्रयोग गरिएको छ ।

फिल्मको एक्शन दृश्यहरू चर्चित भारतीय एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा तयार पारिएको छ, जसमा ३० जनाको टोली संलग्न छ । विशेष गरी, क्लाइमेक्स दृश्यका लागि मोरङ्गको हसिना सिमसारमा रहेको बुढासुब्बा खेल मैदानमा ४२ फिट अग्लो कालिमाताको मूर्ति निर्माण गरिएको थियो, जुन विशेष आकर्षण बनेको छ । अहिले सो ठाउँलाई कालिचौरको रुपमा चिन्ने गरिन्छ । यो फिल्मको पूर्ण छायाङकन कोशी प्रदेशको मोरङ्गको र सुनसरीमा गरिएको हो । इन्डोर एक्सनमा दृश्य ईटहरीमा रहेको नेपालकै ठूलो सुटिङ्ग स्टुडियो विएमसी स्टुडियोमा भव्य सेट निर्माण गरेर गरिएको थियो ।

जुन स्टुडियोमा फिल्मको कथाले मागेको दुरुस्तै प्रहरी चौकी नै खडा गरिएको थियो । यस्तै इटहरीको एक हस्पिटल नै रिजर्भ गरेर २ दिन हस्पिटलका दृश्यहरु कैद गरिएको थियो । त्यस्तै मोरङ्गको कानेपोखरी बीच जङ्गलमा एक राउटे बस्ती नै निर्माण गरेर यो फिल्मको महिनौ दिन र रात नभनी छायाँङ्कन गरिएको थियो । यो फिल्म बलिदानमा कोशी प्रदेशका, त्यसमा पनि मोरङ र सुनसरीका होनाहार कलाकारहरुले महत्त्वपूर्ण अवसर पाएका छन् । यहाका केही कलाकारले यही फिल्मबाट आफुलाई स्थापित गर्न सक्ने रोलमा जीवन्त अभिनय गरेको निर्देशक सेन बताउँछन् ।

बलिदानको ‘फर्स्ट ल्यान्डिङ’ प्री-टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जसमा २०८१ सालको फूलपातीलाई लक्षित गरिएको थियो । तर, निर्माण टिमले उत्कृष्ट प्रस्तुति दिनका लागि थप समय लिएको स्पष्ट गरेको छ । यसबारे निर्देशक सेन भन्छन्, “हामीले कुनै पनि पक्षमा सम्झौता गर्न चाहेनौँ, त्यसैले एक वर्ष ढिलो गरेर भए पनि राम्रो चलचित्र दिन चाह्यौँ।” फिल्ममा समीर भट्टका अलावा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ । समिरको यो दोश्रो फिल्म हो । उनले आफ्नो पहिलो फिल्म “१२ गाउँ” बाट आफूलाई एक्सन नायकको रुपमा प्रमाणित गर्दै सबैको मनमा बस्न सफल भइसकेका छन् भने उनकै कारण पनि धेरैले “बलिदान” लाई प्रतीक्षा गरिरहेका छन् । समीरले बाउको बिडो थाम्न सफल भएको भनेर समेत चर्चा भइरहेको छ । उनी विराज भट्टका छोरा हुन् ।

फिल्मको संगीत पक्षमा आर्टमान्डु टिमले काम गरिरहेको छ भने गायक सुजन चापागाईं, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको टिमले गीत तथा ब्याकग्राउन्ड स्कोर तयार पारिरहेको छ । ‘बलिदान’ लाई ‘आसुसेन फिल्म्स् प्रा.ली.’ ले प्रस्तुत गरेको हो । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी रहेका छन् । निर्देशक सेनले दर्शकहरूलाई बलिदानलाई साथ दिन आग्रह गर्दै भने, “हामी तपाईँहरूको गाउँ, टोल, बस्ती, घर-जहाँजहाँ पुग्नुपर्छ, तयार छौँ । जय बलिदान!”

अगाडिकाे पाेस्ट

‘अञ्जिला’को ट्रेलर सार्वजनिक, खेलाडीको रियल स्टोरी फिल्ममा आउँदै

अर्काे पाेस्ट

फरक एक्सन, दमदार संवादसहित फिल्म ‘आउटलः दफा २१९’ को ट्रेलर रिलज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana