Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अञ्जिला’को ट्रेलर सार्वजनिक, खेलाडीको रियल स्टोरी फिल्ममा आउँदै

✍ परिकला न्यूज
फाल्गुन १६, २०८१ मा प्रकाशित
‘अञ्जिला’को ट्रेलर सार्वजनिक, खेलाडीको रियल स्टोरी फिल्ममा आउँदै

इटहरी/ नेपाली महिला फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको संघर्ष र फुटबलप्रतिको मोहलाई पर्दामा उतारिएको फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन २९ गते प्रदर्शनमा आउने यस फिल्मले नेपाली फिल्ममा खेलकुद-आधारित कथावस्तुलाई बल दिने अपेक्षा गरिएको छ ।

काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्सलगायतको उपस्थिति थियो । कार्यक्रममा निर्देशक चाम्सले यस फिल्ममा अधिकांश राष्ट्रिय खेलाडीहरूको संलग्नता रहेको भन्दै गैर-कलाकारलाई अभिनय गराउनु चुनौतीपूर्ण रहेको बताए । उनले अभिनेता दयाहाङ राईलाई दुई वर्ष पर्खेर फिल्ममा ल्याएको खुलासा गर्दै, दर्शकहरूले फिल्म हेर्न आउनुअघि ट्रेलरबाट केही संकेतहरू लिन सक्ने बताए । हेर्नुस् ट्रेलर।

फिल्मका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठका अनुसार ‘अञ्जिला’ फुटबलको मात्र कथा नभई, मुख्य पात्रको जीवन संघर्षलाई प्राथमिकतामा राखेर निर्माण गरिएको फिल्म हो । अभिनेता दयाहाङ राईले आफू नेपाली खेलहरूको ठुलो समर्थक रहेको बताउँदै भने, “महिला फुटबल टोलीको कथा पर्दामा आउँदैछ भन्ने थाहा पाएपछि भूमिका थाहा नपाउँदै काम गर्न सहमत भएँ । म यो अनुभवका लागि सधैं ऋणी रहनेछु।”

कार्यक्रममा एन्जिलाले निर्देशक मिलन चाम्सलाई आफ्नो मार्गदर्शकका रूपमा स्वीकार्दै भनिन्, “पहिला डराउँथेँ, तर अहिले उहाँ आफ्नै दाइजस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोड्दैछु ।” उनले निर्माता प्रेम कुमार श्रेष्ठलाई ‘गडफादर’ को रूपमा सम्मान गर्दै भनिन्, “म आज जुन ठाउँमा छु, उहाँकै कारण छु । यो फिल्मले नेपाली खेलाडीहरूको कथालाई ठूलो पर्दामा उतार्ने नयाँ बाटो खोलेको छ।”

फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरूले पनि अभिनय गरेका छन् । एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा छायांकन सम्पन्न भएको यो फिल्मलाई सुदीप बरालले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । ‘अञ्जिला’ मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माताका रूपमा रहेका छन् । निर्माण नियन्त्रकको भूमिका विनोद सुवेदी खत्रीले निर्वाह गरेका छन् ।

अगाडिकाे पाेस्ट

‘धुन्धुकारी’बाट ‘शिव’सम्म: आशिष घिमिरेको ‘होस्टेल ३’ यात्रा

अर्काे पाेस्ट

समिरको एक्सन लुक्स सार्वजनीक, ‘बलिदान’ दशैँको फूलपातीदेखि प्रदर्शन पक्का

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana