इटहरी/ समाजमा बढ्दै गएको निराशा, अवसाद, हत्या र आत्महत्यालाई निरुत्साहित गर्दै आशा र हिम्मतको सन्देश प्रवाह गर्ने गीत ‘ठक्कर’ सार्वजनिक भएको छ । गायक विनोद बानियाँको आवाज र संगीत रहेको यो गीत अवेकन प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । फिल्म ‘भूठान’, जुन २०८२ वैशाख १२ मा रिलिज हुँदैछ, त्यसका निर्माता अविरल थापाले यो गीत लेखेका हुन् ।
गीतको म्युजिक भिडियोमा अभिनेता राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ भने भिडियोलाई ‘सानो संसार’का निर्देशक सिद्धार्थ पुडासैनी ले निर्देशन गरेका छन् । गीतको छायांकन अभिनेता राजवल्लभ कोइराला नेपाल आएको बेला गरिएको थियो । गायक विनोद, गीतकार अविरल र अभिनेता राजवल्लभ पुराना मित्रहरू हुन् । हेर्नुस् भिडियो ।
निर्माता थापाले यसअघि ‘साँघुरो’ फिल्मका चर्चित गीतहरू ‘आउँदैछु कि जाँदैछु’, ‘आफ्नै देशमा बस साथी’, ‘यो झरीमा तिमी सङ्गै’ जस्ता लोकप्रिय गीतहरू बजारमा ल्याइसकेका छन् । उनी फिल्म ‘बुलबुल’का निर्माता पनि हुन् । मानसिक स्वास्थ्यप्रति सचेतना जगाउने अभियानका रूपमा काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले पनि यो गीतलाई साथ दिएका छन् । सामाजिक सञ्जालमा शेयर गरी यस गीतलाई धेरैभन्दा धेरै मानिससम्म पुर्याउन गीतकार थापाले सबैलाई अपिल गरेका छन् ।














Discussion about this post