इटहरी/ नेपालकी विधि लम्सालले कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने ‘मिस ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । ‘मिस नेपाल पिस २०२५’को उपाधि जितेपछि उनले यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् ।
प्रतियोगितामा सहभागी हुन लम्साल सोमबार साँझ कम्बोडिया पुगेकी छन् । उनलाई नेक्स्ट मोडल्स नेपालले नेपालको तर्फबाट सहभागिताको लागी पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले उनलाई बिदाइ गरेका थिए ।

१४ दिनसम्म चल्ने यो प्रतिष्ठित प्रतियोगिता फेब्रुअरी २५ देखि मार्च ९ सम्म कम्बोडिया र थाइल्याण्डमा आयोजना हुनेछ । २० भन्दा बढी देशका नर्सिङ सुन्दरीहरूले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा लम्साल नेपालको कला, संस्कृति र मौलिकता समेत प्रस्तुत गर्नेछिन् ।
काभ्रेपलाञ्चोककी लम्साल नर्सिङ क्षेत्रमा रहेर सौन्दर्य प्रतियोगितामा छाउने प्रतिभामध्ये एक हुन् । उनले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ पूरा गरेकी छन् । केही समयअघि आयोजित ‘मिस नेपाल पिस’ मा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी थिइन् ।














Discussion about this post