कोशी प्रदेशका फिल्महल हरुले यही फागुन १४ गतेबाट सार्वजनीक प्रदर्शनमा आउने फिल्महरू लाज शरणम्, मायावी र फेरि रेशम फिलिली को अग्रीम टिकट बुकिङ खुलाएको छ । यहाँका फिल्महल हरुको अनलाईन वेब हेर्दा क्विएफएक्स चेनको बिराटनगर, इटहरी र विर्तामोडमा रहेको हलहरुले यी ३ ओटै फिल्मको बुकिङ खुलाएको छ । जसमध्ये सबैभन्दा धेरै शो फिल्म लाज शरणम् ले पाएको छ ।
यता इटहरीको क्विएफएक्स सिनेफ्लेक्स हलले लाज शरणम् लाई रिलिजको पहिलो दिन ५ शो दिएको छ । यस्तै मायावीलाई २ शो र फेरि रेशम फिलीलिलाई ३ शो दिएको छ । बिराटनगरमा रहेको क्विएफएक्सले लाज शरणम् लाई २ शो, मायावीलाई २ शो र फेरि रेशम फिलिलिलाई ३ शो दिएको छ भने विर्तामोडमा रहेको क्विएफएक्सले लाज शरणम् ले ४ शो पाउँदा मायावीले २ शो र फेरि रेशम फिलीलीले ३ शो पाएको छ ।
यस्तै, बिराटनगरको सिटी सिनेमाले लाज शरणम् लाई ४ शो, मायावीलाई २ शो र फेरि रेशम फिलिली लाई ३ शो छुट्याएको छ भने दमकमा अवस्थित डीम्याक्स सिनेमा हलले लाज शरणम् लाई ३ शो, मायावी र फेरि रेशम फिलीलीलाई १/१ शो छुट्याएको छ । यताको विर्तामोडमा रहेको पाथिभरा सिनेप्लाजाले पनि यी फिल्महरुको अग्रिम बुकिङ खुल्ला गरिसकेको छ । यो हलले लाज शरणम् लाई ३ शो, मायावी र फेरि रेशम फिलिलीलाई २/२ शो दिएको छ । यी हलहरुमा बाहेक कोशी प्रदेशका अन्य हलहरुले समेत यो फिल्महरुको अग्रिम टिकट बुकिङ खुलाउने तयारीमा छ ।














Discussion about this post