इटहरी/ फिल्म ‘मायावी’ यही १४ गतेबाट प्रदर्शनमा आउँदै गर्दा यसको प्रचार-प्रसारलाई तीव्र बनाइएको छ । रिलिजको संघारमा आइपुग्दा दर्शकमाझ पहुँच बढाउने उद्देश्यले फिल्मको प्रचार माइकिङ शैलीमा सुरु गरिएको छ । कार्यकारी निर्माता करण सिंहका अनुसार आज सोमबारदेखि लगातार पाँच दिनसम्म कोशी प्रदेशका पाँच मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको छ ।
पुरानो तर प्रभावकारी मानिने यो प्रचार शैलीमा हरेक शहरका मुख्य चोक, बजार तथा गाउँबस्तीमा एक-एक ओटा सफारीमा माइक जडान गरेर फिल्मको प्रचार गरिनेछ । निर्माता सिंहका अनुसार यस शैलीले दर्शकसम्म फिल्मको जानकारी पुर्याउन ठूलो मद्दत पुग्ने गर्छ ।

दिवाकर भट्टराई निर्देशित यस फिल्ममा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक भट्टराई स्वयंले लेखेका छन् ।
क्रिएटिभ सिने आर्टस् प्रा.लि. को प्रस्तुति रहेको यस फिल्मका निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन् । सहायक निर्माता राजु पराजुली र सुमित ओली, कार्यकारी निर्माता प्रवीण भट्टराई र करण सिंह रहेका छन् । राजु थापाले सिनेमाटोग्राफी गरेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।














Discussion about this post