इटहरी/ अल्मोडा राणा उप्रेतीको संगीत र स्वरमा रहेको ‘रोक्ने छैन’ बोलको गीत सार्वजनिक भएसँगै क्राइम थ्रिलर फिल्म ‘११:५५’ प्रति दर्शकको उत्सुकता झन् बढेको छ । केशव पाण्डेको डेब्यु निर्देशनमा बनेको यो फिल्मको पहिलो गीत शुक्रबार सार्वजनिक गरिएको हो । सुमन परियारको समेत स्वर रहेको यस गीतमा शब्द, संगीत र एरेञ्ज स्वयं अल्मोडाले गरेका छन् ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको भिडियोमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यु अभिनेता सागर खनाल फिचर्ड छन् । फिल्मको यसअघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडिसकेको कारण यस गीतले पनि राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ । फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय छ । एमएस अग्रज र शेखर ज्ञवालीले लेखनमा डेब्यु निर्देशक केशव पाण्डेसँगै सहकार्य गरेका छन् । हेर्नुस् गीत ।
फिल्मका अन्य प्राविधिक पक्षमा देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ र सुवास राज काफ्लेले प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका छन् । बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् भने कार्यकारी निर्माताको भूमिका एमएस अग्रजले निभाएका छन् । फिल्मको वितरण कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले गर्नेछ ।














Discussion about this post