इटहरी/ हाल प्रदर्शनरत फिल्म ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । हर्क साँउदको शब्द, सुशान्त गौतमको संगीत तथा स्वर रहेको गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका छन् । महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सेन्सर झमेलाका कारण पहिलो दिन न्यून शो पाए पनि शनिबारदेखि धेरै हलमा सन्तोषजनक शो पाएको थियो ।
ती शोहरूमा दर्शकको उपस्थिति राम्रो रहेको निर्देशक जुनिम गहतराज बताउँछन् । “हामीले पाएको शोमा आएका दर्शकले फिल्म मन पराए, विशेषगरी सस्पेन्स थ्रिलर पक्षलाई रुचाइयो,” उनले भने । पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । हेर्नुस् गीत ।
यस फिल्मले नवविवाहित जोडीको जीवनमा आउने अकल्पनीय घटनालाई पारिवारिक तथा एक्सन थ्रिलर शैलीमा प्रस्तुत गरेको छ । सिंहदेवी प्रोडक्सन र भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको ‘ताण्डवम्’का निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाको छायांकन, सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।














Discussion about this post