इटहरी/ नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएपछि गायक सुजन चापागाईंको ‘आरोह अमेरिका टुर-सुजन चापागाईं एन्ड द ब्यान्ड’ हाललाई अनिश्चित बनेको छ । आठ सदस्यीय ब्यान्डमध्ये केवल एक जनाले मात्र भिसा प्राप्त गरेपछि पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित भएका हुन् ।
गायक चापागाईंले सामाजिक सञ्जालमार्फत दर्शक र शुभचिन्तकहरूलाई जानकारी गराउँदै भने,”करिब दुई वर्षको तयारीपछि अमेरिका टुर सुरु गर्ने योजना थियो, तर भिसा नआएको कारणले हाललाई कार्यक्रम रोकिएको छ । यस्तो निर्णय सुनाउनुपर्दा निकै दु:ख लागेको छ । आयोजक, दर्शक तथा शुभचिन्तकहरूप्रति क्षमा चाहन्छु, हामी फेरि भेट्नेछौं ।”

उनको टिम म्यानेजमेन्टले अमेरिकी दूतावासले साधारण कारण देखाएर भिसा नदिएको आरोप लगाएको छ । अमेरिका टुरका कार्यक्रमहरू सोल्ड आउट भइसकेको अवस्थामा यस्तो समस्या आउनु नेपाली कलाकारहरूप्रति अन्याय भएको उनीहरूको ठहर छ । चापागाईंको स्पष्टीकरणपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमा अमेरिकी दूतावासलाई मेन्सन गर्दै ब्यान्डलाई भिसा दिनुपर्ने माग गरिरहेका छन् ।














Discussion about this post