Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कलेज जीवनको वास्तविकता झल्काउने फिल्म ‘होस्टेल ३’ यही फागुन २३ देखि प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
फाल्गुन ९, २०८१ मा प्रकाशित
कलेज जीवनको वास्तविकता झल्काउने फिल्म ‘होस्टेल ३’ यही फागुन २३ देखि प्रदर्शनमा आउँदै

इटहरी/ कलेज जीवनका अविस्मरणीय क्षणहरूलाई पर्दामा उतार्दै आएको चर्चित फिल्म शृङ्खला ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ यही फागुन २३ गतेबाट दर्शकमाझ आउँदैछ । पहिलो शृङ्खला ‘होस्टेल’ले युवाहरूको संघर्ष, मित्रता, प्रेम, र सपनालाई उजागर गर्दै अनमोल केसी र सलोन बस्नेत जस्ता कलाकारहरूलाई स्टारडममा पुर्‍यायो । त्यसपछि ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, नाजिर हुसेन र सुशील श्रेष्ठलाई दर्शक माझ चिनायो । अब, सोही सफल यात्रालाई निरन्तरता दिँदै ‘होस्टेल ३’ पनि नेपाली युवाहरूको कथा बोल्न आइरहेको छ ।

तेश्रो शृङ्खलाको मुख्य पात्रहरूमा पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे र पदम तामाङ रहेका छन् । कुलब्वाईको रूपमा चर्चित पारस बम ठकुरी, ‘भ्वाइस अफ नेपाल’बाट परिचित रिहान गिरी, ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’को रूपमा देखिएका आशिष घिमिरे र सिक्किमका चर्चित कमेडियन पदम तामाङ यो फिल्मका आकर्षण हुन् । साथै, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीले कलेज जीवनका प्रेम, प्रतिस्पर्धा र आत्मनिर्भरता झल्काउने भूमिका निभाएका छन् ।

शसान कँडेलको निर्देशनमा तयार भएको ‘होस्टेल ३’ मा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ र आशिष् पुरुषलगायतका कलाकारहरूको पनि दमदार अभिनय देख्न पाइनेछ । यतिबेला फिल्मका गीतहरूले पनि चर्चा पाइरहेका छन् । अलमोडा राणा उप्रेतीको स्वर, सङ्गीत, र शब्दमा तयार भएको ‘टिक टिक टिक’ले कलेज जीवनको मस्ती र रमाइलोपन झल्काउँछ । यता अर्जुन पोखरेलको सङ्गीतमा बनेको ‘मनमा अनौठो’ ले युवा प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । यी गीतहरू टिकटक तथा अन्य सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् ।

माधव शर्माको लेखनमा तयार भएको यो फिल्मलाई सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माण गरेका छन् । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता रहेका छन् भने कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । फिल्म नेपालसहित विभिन्न देशहरूमा एकैसाथ प्रदर्शनमा आउने तयारीमा छ । ‘होस्टेल ३’ केवल मनोरञ्जन मात्र नभएर कलेज जीवनको वास्तविकता झल्काउने कथा हो, जसले दर्शकहरूलाई हँसाउने मात्र होइन, उनीहरूलाई आफ्नै स्मृतिहरूमा पुर्‍याउनेछ । अब हेर्न बाँकी छ, ‘होस्टेल ३’ ले नेपाली युवाहरूको मन कति जित्न सक्छ ।

अगाडिकाे पाेस्ट

अदालतले ‘लाज शरणम्’को प्रचारमा रोक लगाएपछि सेन्सरले रोक्यो ‘ताण्डवम्’

अर्काे पाेस्ट

होस्टेल जीवनको रोचक पाटो समेटिएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana