Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

वृत्तचित्र ‘अजिमा’को ईटहरीमा विशेष प्रदर्शन सम्पन्न

✍ परिकला न्यूज
फाल्गुन ७, २०८१ मा प्रकाशित
वृत्तचित्र ‘अजिमा’को ईटहरीमा विशेष प्रदर्शन सम्पन्न

इटहरी/ नेपालका विविध सांस्कृतिक परम्परा र लैङ्गिक पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘अजिमा’ को विशेष स्क्रिनिङ इटहरीस्थित इलाइट सिनेमा हलमा सम्पन्न भएको छ । हिजो मङ्गलबार साँझ ५ बजेदेखि आयोजना गरिएको उक्त डकुमेन्ट्री प्रदर्शनमा विभिन्न विशिष्ट व्यक्तित्व, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

८० मिनेट लामो यो वृत्तचित्रलाई लेखक तथा निर्माता सुनिल बाबु पन्तले लेखन, निर्माण तथा निर्देशन गरेका हुन् । मातृसत्तात्मक र पितृसतात्मक परम्पराहरूलाई केन्द्रीत गर्दै यसमा छ प्रकारका लैङ्गिक पहिचानको विविधता प्रस्तुत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका सभामुख माननीय अमर बाहादुर बिष्ट रहेका थिए भने विशिष्ट अतिथिका रूपमा माननीय सपना परियारको उपस्थिति थियो ।

कार्यक्रमको सभापति समेत रहेका डकुमेन्ट्रीका लेखक तथा निर्माता सुनिल बाबु पन्तसँगै समाजसेवी संगीता पोख्रेल, स्वतन्त्र पार्टीकी नेतृ देविका भण्डारी, लीभ नेपाल अध्यक्ष सुशील पौडेल स्वेच्छा, लिभ नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बू, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी प्रतिनिधि सिता राजधानी, महिला सञ्जाल सुनसरीकी अध्यक्ष योषा गुरागाईं, इटहरी नगरप्रमुखका सचिव एडी राज लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, दमक नगरपालिकाका प्रतिनिधिहरू रिना आचार्य, समीक्षा रम्तेल, नेत्र न्यौपाने, स्मिता अधिकारी, सृजना थापा, विपना बास्तोला, निश्चल दाहाल लगायतका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो । स्क्रिनिङपछि वृत्तचित्रबारे आफ्नो धारणा राख्ने वक्ताहरूमा इटहरी उपमहानगरपालिका सामाजिक शाखा प्रमुख संगीता पोख्रेल, लिभ नेपालका अध्यक्ष सुशील पौडेल स्वेच्छा र प्रमुख अतिथि सभामुख अमर बाहादुर बिष्ट रहेका थिए ।

वृत्तचित्रका निर्माता तथा लेखक सुनिल बाबु पन्तले सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै नेपालमा विद्यमान सांस्कृतिक विविधता तथा लैङ्गिक पहिचानबारे अन्तरदृष्टि प्रदान गर्ने प्रयास गरिएको उल्लेख गरे । मायाको पहिचान नेपाल नामक संस्थाले आयोजना गरेको यो स्क्रिनिङ निःशुल्क रहेको थियो । स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन (SDC), युरोपियन युनियन इन नेपाल र स्विजरल्याण्डको राजदूतावासको सहयोगमा सम्पन्न कार्यक्रमले नेपालमा रहेका विविध सांस्कृतिक पक्षहरूको अध्ययन तथा लैङ्गिक पहिचानबारे थप अन्तरदृष्टि प्रदान गर्ने अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असार २७ गतेबाट रिलिज गरिने

अर्काे पाेस्ट

अदालतले ‘लाज शरणम्’को प्रचारमा रोक लगाएपछि सेन्सरले रोक्यो ‘ताण्डवम्’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana