इटहरी/ नेपालको विविध सांस्कृतिक परम्परा र लैङ्गिक पहिचानबारे केन्द्रित रहेर निर्माण गरिएको वृत्तचित्र ‘अजिमा’ को विशेष स्क्रीनिङ इटहरीमा हुने भएको छ । ८० मिनेट लामो यो वृत्तचित्र भोलि अर्थात फागुन ६ गते (फेब्रुअरी १८, २०२५) का दिन इटहरीस्थित इलाइट सिनेमा हलमा साँझ ५ बजे प्रदर्शन गरिने तय भएको छ ।
निर्माण तथा निर्देशन सुनिल बाबु पन्तले गरेका यस वृत्तचित्रमा मातृसत्तात्मक परम्पराहरूलाई केन्द्रीत गर्दै ६ प्रकारका लैङ्गिक पहिचानको विविधता प्रस्तुत गरिएको छ । वृत्तचित्र प्रदर्शनपश्चात महिला अधिकारकर्मी, सामाजिक अभियन्ता र यौनिक तथा लैङ्गिक अल्पसंख्यकबीच अन्तर्क्रिया कार्यक्रमसमेत हुनेछ ।
प्रवेश निःशुल्क रहेको यस कार्यक्रमलाई मायाको पहिचान नेपाल नामक संस्थाले आयोजना गरेको हो भने, स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन (SDC), युरोपियन युनियन इन नेपाल र स्विजरल्याण्डको राजदूतावासको सहयोग रहेको छ । यस वृत्तचित्रमार्फत नेपालमा विद्यमान विविध सांस्कृतिक पक्षको अध्ययन गर्ने तथा लैङ्गिक पहिचानबारे थप अन्तरदृष्टि गर्ने अवसर प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।














Discussion about this post