इटहरी/ रहस्यले भरिएको क्राइम थ्रिलर फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को अफिसियल टिजर सार्वजनिक भएको छ । १ मिनेट ३४ सेकेन्ड लामो टिजरले प्रेम, धोका र बदलाको गूढ कथा उजागर गर्दै दर्शकलाई रोमाञ्चित बनाउने संकेत गर्छ । फिल्मले विश्वासघात र प्रतिशोधको भावमा डुबाउने विश्वास गरिएको छ ।
सार्वजनीक टिजरको सुरुवातमै निर्माण टिमले ‘सावधान’ सूचनासहित स्पष्ट पारेको छ कि यो टिजर केवल रहस्य र रोमाञ्चकता मन पराउने दर्शकका लागि मात्र उपयुक्त छ । फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनाल लगायत प्रमुख भूमिकामा छन् । हेर्नुस् तिजर
यो फिल्ममा लेखन तथा निर्देशन केशव पाण्डेको रहेको छ, जसका लागि यो डेब्यु निर्देशकीय फिल्म हो । उनले एमएस अग्रज र शेखर ज्ञवालीसँगै कथा लेखेका हुन् । फिल्मका अन्य प्राविधिक पक्षमा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर रहेको छ ।
रामशरण उप्रेतीको सिनेमाटोग्राफी तथा पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लेको प्रोडक्सन डिजाइन रहेको यो फिल्म बिचित्र फिल्मस् र गुड जब आर्ट्सको संयुक्त व्यानरमा निर्माण भएको हो । का निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् भने कार्यकारी निर्माता एमएस अग्रज रहेका छन् । फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रा.लि. ले वितरण गर्नेछ ।














Discussion about this post