Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फेस्टिभलमा ‘पूजा सर’नामले प्रदर्शित फिल्म नेपालमा किन ‘राजागंज’नाममा प्रदर्शन हुँदै ?

✍ सुवास संकल्प
फाल्गुन ५, २०८१ मा प्रकाशित
फेस्टिभलमा ‘पूजा सर’नामले प्रदर्शित फिल्म नेपालमा किन ‘राजागंज’नाममा प्रदर्शन हुँदै ?

इटहरी/ आगामी चैत १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राजागंज’को इटहरीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेनिस, बुसान र ताल्लिन ब्ल्याक नाइट्स जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा ‘पूजा सर’ नामले अन्तराष्ट्रिय ख्याति कमाएको यो फिल्मको तर्फबाट पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सहायक लेखक आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे र कोशी प्रदेश संयोजक विकाश बुढाथोकीको उपस्थिती रहेको थियो ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री मगरातीले अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूमा ‘पूजा सर’ र नेपालमा ‘राजागंज’ नामले फिल्म प्रदर्शन गर्नुको कारण बारे प्रष्ट्याईन् । फिल्मको मुख्य पात्र ‘पूजा सर’ रहेको र सो पात्र फिल्मको कथाको पावरफुल क्यारेक्टर रहेको कारण सोहि पात्रको नामबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन गरिएको उनको भनाइ छ । यस्तै नेपालमा परिवर्तित नाम ‘राजागंज’ रहनुको कारण फिल्मको कथामा कल्पना गरिएको एक गाउँकाे नाम ‘राजागंज’ भएको र यो फिल्म निर्माणको क्रममा पनि यही नाम जुराईएको हुनाले यही नामबाट नेपालमा प्रदर्शनको तयारी गरेको मगरातीले बताईन् ।

यस्तो फिल्म नेपालमा मात्र सीमित नहोस्, संसारभरका दर्शकले हेर्न मौका पाओस् भन्ने निर्देशक दीपक रौनियार र आफ्नो उद्देश्य रहेको हुनाले संसारभरका हजारौं फिलमहरुबिच प्रतिष्पर्धा गर्दै ‘राजागंज’ले अन्तराष्ट्रिय प्लेटर्फम पाएको अभिनेत्री मगराती बताउँछिन् । अब नेपाल प्रदर्शनमा पनि फिल्मप्रेमी दर्शकहरुले साथ दिनेमा उनी ढुक्क छिन् । फेस्टिभललाई मात्रै टार्गेट गरेर ‘राजागंज’ निर्माण नगरिएको आशाको जिकिर छ । उनी भन्छिन् ‘फेस्टिभलमा फिल्म लगियो भने अझै प्रचारप्रसार हुन्छ, साथै हाम्रो कथा संसारलाई देखाउने मौका पनि मिल्ने भएर फेस्टिभलमा पनि सहभागी गराइएको हो।’

फिल्ममा सशक्त महिला पात्रहरूको बाहुल्यता भएका कारण पनि अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा ‘पूजा सर’ नामले फिल्म प्रदर्शन गरिएको बजार संयोजक सन्देश घिमिरेको भनाई छ । उनका अनुसार यो फिल्ममा उठान गरिएको कथा हाम्रै समाजको कथा र हामीले देख्दै भोग्दै आएको यथार्थपरक पात्रहरू भएकाले सबैले हेर्नुपर्ने फिल्म बनेको छ ।

यो फिल्मलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् । यसअघि उनले २०१२ मा ‘हाइवे’, २०१६ मा ‘व्हाइट सन’ र २०२२ मा ‘फोर नाइट्स’ निर्देशन गरिसकेका छन् । ‘व्हाइट सन’ फिल्म भेनिस, टोरन्टो, लोकानो, रोटरड्याम, बुसान र सिड्नी जस्ता प्रमुख फिल्म महोत्सवहरूमा प्रर्दशन भएको थियो । उनको तेस्रो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा छनोट भएको थियो । आउँदो अप्रिलमा हार्वर्ड युनिभर्सिटीमा ‘राजागंज’को विशेष प्रदर्शनसहित छलफल कार्यक्रम आयोजना हुने भएको छ । ‘द न्यू वर्क टाइम्स’ले उनलाई ‘हेर्नैपर्ने ९ जना निर्देशक’को सूचीमा समेत राखेको थियो ।

भारतीय प्रतिष्ठित फिल्ममेकर अनुराग कश्यप, जसले ‘ग्याङ्ग्स अफ वासेपुर’ जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन्, उनको यस फिल्ममा विशेष भूमिका छ । हालै ‘भेराइटी’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा कश्यपले ‘राजागंज’मा संलग्न हुन पाउँदा गर्व लागेको बताएका छन् । उनले भनेका छन्, ‘म व्हाइट सन हेरेदेखि नै दीपक रौनियारको कामको फ्यान भएको थिएँ, र उनले अर्को कुन फिल्म बनाउने हुन् भनेर प्रतीक्षामा थिएँ।’

फिल्मको प्रमुख पात्र इन्स्पेक्टर ‘पूजा थापा’को भूमिकामा अभिनेत्री आशा मगराती देखिएकी छन् । कोशी प्रदेश अवस्थित मोरङ बेलबारीकी मगराती रंगमञ्च हुँदै फिल्मी यात्रामा प्रवेश गरेकी हुन् । उनले ‘हाइवे’, ‘ व्हाइट सन’, ‘कागबेनी’, ‘कर्मा’, ‘दलन’, ‘कथा मिठो सारंगीको’ जस्ता चर्चित फिल्महरू, टिभि सिरिज, रेडियो तथा स्टेज नाटकहरूमा काम गरिसकेकी छन् । यस्तै फिल्ममा पूर्व मिस नेपाल नीतिका चण्डक, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री झा, दयाहाङ राई, विजय बराल, घनश्याम लम्साल, परमेश्वर झा लगायतको समेत प्रमुख भूमिका रहेको छ ।

यो फिल्मको फ्रान्स, जर्मनी, स्वीजरल्यण्ड, अस्ट्रिया, बेलायत, अमेरिका लगायतका आधा दर्जन देशहरूका सिनेमाघर, टेलिभिजन, फिल्म फेस्टिभल तथा एयरलाइन्स र डिजिटल वितरण अधिकार पाईसकेको फिल्म निर्माण युनिटले जनाएको छ । यो फिल्मको निर्माण आदि फिल्म्सका लागि निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।

अगाडिकाे पाेस्ट

अर्काे पाेस्ट

प्रेम, धोका र बदलाको कथा बोकेको ‘११:५५’ को टिजर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana