इटहरी/ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले सुपरहिट नेपाली फिल्म ‘दयारानी’लाई रिलिज गरेको छ । पारिवारिक भावनाले भरिएको यो फिल्म अब डिजिटल माध्यमबाट संसारभरका दर्शकहरूले सहजै हेर्न सक्नेछन् । माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको ‘दयारानी’ले सन्तान प्राप्तिका लागि एक दम्पतीले गर्ने संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गर्छ ।
समाजका अपेक्षाहरू र पारिवारिक सम्बन्धको जटिलताबीच हास्य तथा भावनात्मक पक्षलाई उठान गरिएको यस फिल्ममा दयाहाङ राई, दिया पुन र विजय बराल मुख्य भूमिकामा छन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘सिनेमाघर’ ओटीटीमा उपलब्ध भएसँगै, दर्शकहरूले अब मोबाइल (एन्ड्रोइड तथा आइओएस), स्मार्ट टिभी, ल्यापटप र डेस्कटपमा वेब ब्राउजरमार्फत यो फिल्म हेर्न सक्नेछन् ।
नेपाल र भारतका दर्शकहरूका लागि डिजिटल वालेट तथा क्युआर कोडमार्फत भुक्तानीको सुविधा उपलब्ध छ भने, अन्तर्राष्ट्रिय दर्शकहरूले मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरी फिल्मको मजा लिन सक्नेछन् । साथै, नेपाली भाषामा २४ घण्टा प्राविधिक सहायता सुविधा समेत प्रदान गरिएको छ ।














Discussion about this post