Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

समीर भट्ट र ऋचा शर्माको क्लाइमेक्स दृश्य खिच्दै फिल्म ‘बलिदान’को छायाङ्कन सम्पन्न

✍ परिकला न्यूज
फाल्गुन ३, २०८१ मा प्रकाशित
समीर भट्ट र ऋचा शर्माको क्लाइमेक्स दृश्य खिच्दै फिल्म ‘बलिदान’को छायाङ्कन सम्पन्न

इटहरी/ नेपाली फिल्म उद्योगमा बहुप्रतीक्षित मानिएको ‘बलिदान’ को छायाङ्कन चार महिनाको अथक परिश्रमपछि पूरा भएको छ । निर्देशक सन्तोष सेनको नेतृत्वमा बनेको यस फिल्मले निर्माण घोषणादेखि नै ठूलो चर्चा पाउँदै आएको थियो । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा समीर भट्ट र ऋचा शर्माको अभिनय रहेको अन्तिम दृश्य खिच्दै फिल्मको छायाङ्कन कार्य सम्पन्न गरिएको हो ।

निर्देशक सेनले फिल्मलाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता नगरेको बताएका छन् । उनले भने, “कथाको सिर्जना होस् वा कलाकार, प्रविधिको छनोट – हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ।” उनका अनुसार, शारीरिक, मानसिक र भावनात्मक रूपमा चुनौतीपूर्ण भए पनि टिमले उच्च स्तरको परिणाम ल्याउने अठोट पूरा गरेको छ ।

निर्माण टोलीको मेहनतबारे बोल्दै सेनले भने, “चार महिनासम्म रगत-पसिना बगाएर काम गर्‍यौँ । यो फिल्मका लागि सबैले जुन बलिदान दिएका छन्, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको मेहनत ‘बलिदान’ मार्फत अमर रहनेछ।” फिल्मको कथा नेपालका सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित शक्तिशाली व्यक्तिहरूको विरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ ।

फिल्मका लागि दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिसहित एक्सन दृश्य तयार पारेको छ । विशेषगरी, बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गर्दै खिचिएको क्लाइमेक्स दृश्यले ठूलो चर्चा पाएको थियो । फिल्ममा ‘१२ गाउँ’ बाट चर्चित बनेका समीर भट्टको प्रमुख भूमिका रहेको छ भने सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ ।

उत्कृष्ट कलाकारहरूको सहभागिताले फिल्मलाई अझ विशेष बनाएको छ । अब फिल्मको सम्पादन कार्य सुरु हुँदैछ, जसमा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताएका छन् । उनले भने, “अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।” दर्शकहरू यस फिल्मको प्रदर्शन मिति प्रतीक्षामा रहेको र टिजरले थप उत्साह बढाउने अपेक्षा गरिएको छ ।

फिल्मको संगीत पक्ष आर्टमान्डु टिमका सदस्यहरूले सम्हालेका छन् । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले फिल्मका गीत, ब्याकग्राउन्ड म्युजिकमा विशेष ध्यान दिएको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको ‘बलिदान’ मा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् । नेपाली फिल्म उद्योगमा ऐतिहासिक कथावस्तु र देशभक्तिपूर्ण भावनाका कारण ‘बलिदान’ले दर्शकमाझ छुट्टै स्थान बनाउन सफल हुने विश्वास गरिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘तिनतारा’को छायांकन सम्पन्न, मित्रताको कथा पर्दामा आउँदै

अर्काे पाेस्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’मा नेपालका तर्फबाट संस्कृति भट्टले प्रतिनिधित्व गर्ने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana