इटहरी/ नेपाली संगीतमा निरन्तर नयाँ प्रयोग गर्दै आएका गायक यश कुमारले आफ्नो नयाँ सांगीतिक फिल्म ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन् । काठमाण्डौमा सोमबार आयोजित एक विशेष समारोहमा २० मिनेट लामो यो सांगीतिक फिल्म सार्वजनिक गरियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार राज मुकारुङले गायक यश कुमारको संगीत यात्रा नेपाली संगीत क्षेत्रकै अभिन्न हिस्सा भएको बताए । उनले विगत तीन दशकदेखि यश कुमारले फरक शैलीका गीत तथा संगीतमार्फत आफूलाई स्थापित गरेको उल्लेख गरे । हेर्नुस् भिडियो ।
गीतमा यश कुमार र स्मिता प्रधानको स्वर रहेको छ भने भिडियोमा उनीहरू आफैं अभिनय गरेका छन् । साथै, रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाको पनि अभिनय रहेको छ । गीतको शब्द, संगीत तथा निर्देशन यश कुमारको नै रहेको छ । दिनेश पराजुली एण्ड टिमको छायांकन रहेको भिडियोका प्रोडक्सन डिजाइनर करण सिंह तथा सम्पादक विकास धमाला हुन् ।














Discussion about this post