इटहरी/ नेपाली साहित्यको चर्चित कृति ‘परालको आगो’ अब ठूलो पर्दामा फिल्मको रुपमा रुपान्तरण हुँदैछ । कथाकार गुरु प्रसाद मैनालीको यो कृतिलाई आधार मानेर बन्न लागेको सोही नामको फिल्ममा जितु नेपाल प्रमुख भूमिकामा देखिने भएका छन् । फिल्म निर्माणका लागि जितु नेपाल र हरिओम सिने मेकर्सका निर्माता सुशील पोखरेल बीच हालै सम्झौता भइसकेको छ ।
फिल्ममा दुई पुरुष पात्र रहनेछन्, जसमा एक भूमिका जितु नेपालले निभाउनेछन् । यसअघि यो फिल्मका लागी नायिका सुहाना थापा फाइनल भइसकेकी छिन् । अर्की एक महिला कलाकारको छनोट प्रक्रिया जारी रहेको निर्माण युनिटले जनाएको छ । फिल्मको कथा चामे, गौंथली र जुठे दमाई वरिपरि केन्द्रित हुनेछ ।

प्राविधिक पक्षमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्य-स्वरुपराज आचार्यको संगीत रहनेछ । निर्माण टोलीले लोकेशन, प्रस्तुतीकरण र पटकथामा नयाँ प्रयोग गर्ने बताएको छ । लक्ष्मण सुनारद्वारा निर्देशित यो फिल्म आउँदो वर्ष रिलिज गर्ने लक्ष्यसहित निर्माणको तयारीमा जुटिरहेको छ ।














Discussion about this post