इटहरी/ सुपरहिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’ को निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सोमबार संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै प्रि-प्रोडक्सन शुभारम्भ भएको जानकारी गराएका छन् ।
यस पटक पनि अभिनेत्री केकी अधिकारी, आँचल शर्मा र अभिनेता मुकुन भुषाल, कुशल बिष्ट यो फिल्ममा दोहोरिने भएका छन् । निर्देशक देउजाका अनुसार, नयाँ सिक्वेलमा थप एक अभिनेता र एक अभिनेत्रीलाई पनि समावेश गरिनेछ । साथै, पहिलो भागको कथा जहाँ टुंगिएको थियो, त्यही बिन्दुबाट नयाँ कथाको सुरुवात गरिनेछ ।

कपनगढी सिनेमा प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेका छन् । बैशाख दोस्रो हप्तादेखि छायांकन सुरु हुने योजनासहित तयार भइरहेको फिल्ममा बिष्णु कल्पितले छायांकन, अर्जुन पोखरेलले संगीत, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन र मित्र डी. गुरुङले सम्पादनको जिम्मेवारी सम्हाल्नेछन् । निर्माण टिमले ‘झिँगेदाउ २’ लाई २०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।














Discussion about this post