इटहरी/ अभिनेता तेज गिरी र मोडल दिपा शाही अभिनीत म्युजिक भिडियो ‘लभ पर्या छ’ सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको स्वरमा रहेको गीतमा गायक खातीकै शब्द र संगीत सुन्न सकिन्छ, जसको संगीत संयोजन एचविएन किस्मतले गरेका छन् ।
बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको भिडियोले प्रेममा रहेका जोडीहरूको वास्तविकता चित्रण गर्छ । सम्बन्धलाई समाज र परिवारसँग लुकाउन बाध्य प्रेमी–प्रेमिकाको समझदारी गीतमार्फत प्रस्तुत गरिएको छ । हेर्नुस् भिडियो।
अभिनेता तेज गिरीले यसअघि करिब आधा दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । सार्वजनिक भिडियोमा उनले दिपा शाहीसँग प्रेमी पात्रको भूमिका निर्वाह गरेका छन् । भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।














Discussion about this post