इटहरी/ काठमाडौँ बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले मिसेस नोवेल नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छन् । शनिबार काठमाण्डौको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा उनले शीर्ष उपाधिसँगै “नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२५, टोकीयो जापान”का लागि इन्ट्री प्याकेजसमेत जितेकी छन् । प्रतियोगितामा सर्वण जोशी फर्स्ट रनरअप र रेखा भट्टराई सेकेन्ड रनरअप घोषित भए । निर्णायक मण्डलका प्रमुख रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिँदै सन्ध्याले उपाधि हात पार्न सफल भएकी थिइन् ।
प्रतियोगीहरूलाई चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले एक महिनासम्म प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणमा व्यक्तित्व विकास, स्टेज प्रेजेन्टेसन, क्याटवाक, प्रस्तुतिकरण, वैचारिक क्षमता आदिमा ध्यान दिइएको थियो ।कार्यक्रमको सुरु आकर्षक नृत्य प्रस्तुतीबाट गरिएको थियो । प्रतियोगिता परिचयात्मक चरण, पोशाक प्रदर्शन, टप ७, टप ५, प्रश्नोत्तर चरण हुँदै क्राउनिङ सेरेमनीमा पुगेर टुंगिएको थियो ।

प्रतियोगितामा विभिन्न उपाधिहरू प्रदान गरिएको थियो । जस अन्तर्गत मोस्ट इन्टिलिजेन्ट सन्ध्या लामिछाने, मोस्ट पपुलर र पब्लिक च्वाइस रेखा भट्टराई, मोस्ट एट्राक्टिभ सर्वण जोशी, बेस्ट ट्यालेन्ट कल्पना बि.क., मोस्ट स्मार्ट प्रीति खड्का, बेस्ट फोटोजेनिक आकांक्षा गजमेर, बेस्ट क्याटवाक शर्मीला थापा, मोस्ट डिलिजेन्ट निर्मला चौधरी, मोस्ट चार्मिङ सीमा ढुंगाना, मोस्ट प्यासोनेट पेशल कुमारी खड्का, मोस्ट कन्फिडेन्ट सीमा ढुंगानाले सब टाईटल हात पारे ।
कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता एवं चलचित्रकर्मी रमेश उप्रेती, अभिनेता एवं मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ तथा भिजे निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए । विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र सामाजिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।














Discussion about this post