इटहरी/ फिल्म ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड रियर राई नेपाली फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्ध भएका छन् । हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको यस फिल्ममा यसअघि नै ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बराल प्रमुख भूमिकाका लागि अनुबन्धित भइसकेका छन् ।
पेपरक्लिप प्रालिको निर्माणमा बन्ने यस फिल्ममा मनिष राउत एसोसियट निर्देशकका रूपमा छन्, जसले फिल्ममा अभिनय पनि गर्नेछन् । भानुभक्त ढकालद्वारा लेखिएको कथा, पटकथा र संवादमा आधारित यो फिल्म गाउँबाट सहर पसेका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटनाक्रम र त्यसले उनको जीवनमा पारेको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिँदैछ ।

फिल्मका निर्माता सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । नवीन गुरुङ यो फिल्मका छायाकार हुन् भने सम्राट महर्जन ‘ज्याक’ क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । साथै, भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहनेछन् । यो वर्षको अन्त्यसम्म छायाङ्कन सुरु गर्ने योजनासहित फिल्म २०८२ सालमा प्रदर्शन गरिने निर्माण युनिटको योजना छ ।














Discussion about this post