इटहरी/ आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रंगी’को शीर्ष गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता झन् बढेको छ । सलोन बस्नेत र मलिका महत्त अभिनीत यस गीतमा रोमान्टिक कथा प्रस्तुत गरिएको छ, जसमा उनीहरूको भेटघाटदेखि विवाह, सन्तान र अभिभावकसम्मको यात्रा समेटिएको छ ।
गीतमा आमेश भण्डारी र समीक्षा अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत आमेशकै रहेको छ । भिडियोमा सलोन चिया बेच्दै हिँडेकी मलिकासँग प्रेममा परेको दृश्य देखिन्छ । मलिकाको उपस्थितिले फिल्मलाई थप आकर्षण दिने अनुमान गरिएको छ । सुरेश न्यौपाने निर्देशित यस फिल्मलाई सान्भी इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । हेर्नुस् भिडियो ।
फिल्मका निर्मातामा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम छन् । फिल्मको प्रमुख अभिनयमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत्त, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी रहेका छन् । सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको यस फिल्मको गीत सार्वजनिक भएसँगै सलोनकी जोडी को हुन् भन्ने कौतुहलता समेत मेटिएको छ ।














Discussion about this post