इटहरी/ नेपाली फिल्म ‘दुखी आत्मा’को ट्रेलर रिलिज भएसँगै यसको चर्चा चुलिएको छ । ट्रेलरमा नकारात्मक र सकरात्मक दुवै मिश्रित प्रतिक्रियाहरू आइरहेको छ । केहीले यो फिल्म परिवार सँग बसेर हेर्न नसकिने जस्ता कमेन्ट गरेका छन् भने केहीले यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ कथा भनेर समर्थन जनाइरहेको देख्न सकिन्छ ।
सोमबार सार्वजनिक भएको यो ट्रेलरले केवल ३ घण्टाभित्रै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको थियो भने यो समाचार तयार गर्दै गर्दा युट्युब ट्रेण्डिङको फिल्म क्याटोगरिको चौथो स्थान कब्जा गर्न सफल भएको छ । ट्रेलरलाई २ लाख ३० हजार बढी पटक हेरिएको छ । फिल्मको उत्सुकता र यसको प्रस्तुति शैली अहिले सामाजिक सञ्जाल तथा मिडियामा समेत चर्चाको विषय बनेको छ । हेर्नुस् ट्रेलर।
दर्शकहरूले ट्रेलरमा फिल्मको कथावस्तु, कलाकारहरूको अभिनय र संवादको प्रशंसा गरेका छन् । यसको प्रभाव केवल नेपालसम्म सीमित छैन, जापान, कतार र अस्ट्रेलियामा पनि यो ट्रेलर ट्रेन्डिङमा देखिएको छ ।
दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको ‘दुखी आत्मा’ फिल्म हिमाल कडरियाको लगानीमा तयार भएको हो भने सुदिप ढकाल कार्यकारी निर्माता हुन् । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङजस्ता लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ । कविको यौन दुर्बलताको कथा प्रस्तुत गर्ने यस फिल्मको ट्रेलरले एक ठूलो प्रभाव छोड्दै फिल्मप्रति दर्शकको जिज्ञासा अझ बढाएको छ ।















Discussion about this post