इटहरी/ कलाकारको संघर्ष र सफलताको कथालाई पर्दामा उतारिएको फिल्म ‘एक्टर: टेक वन’ अहिले प्रदर्शनको सफल यात्रामा छ । यही क्रममा, फिल्मको नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ, जसले कलाकारको सपनाको खोजी, संघर्ष र प्राप्त उपलब्धिलाई सङ्गीतमार्फत प्रस्तुत गर्छ । आशुतोष उप्रेतीको स्वर रहेको यस गीतका शब्द किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् ।
रोहित शाक्यको सङ्गीत, किरण थापाको कोरियोग्राफी, नरेन्द्र मैनालीको छायाङ्कन र निमेश श्रेष्ठको सम्पादनमा तयार पारिएको गीतले अभिनेता प्रदीप खड्काको सफलताको कथा बोल्छ । हेर्नुस् गीत तथा भिडियो ।
फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्मको कथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।












Discussion about this post