Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दयाहाङ अभिनित नीरफूलको विशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्म पुगे

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८० मा प्रकाशित
दयाहाङ अभिनित नीरफूलको विशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्म पुगे

इटहरी/ गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको फिल्म नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरुले दावी गरेका छन् । मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलमा प्रदर्शन भईरहेको यो फिल्मको सोमबार काठमाडौंको वान सिनेमा हलमा विशेष शो आयोजना गरिएको थियो । समारोहमा यो फिल्मलाई पूर्व उपप्रधानमन्त्री डा. भिम रावल, पूर्व मन्त्रीहरु बुद्धिमान तामाङ, परशुराम तामाङ, राप्रपाकी साँसद रोशन कार्की, युवा संघका अध्यक्ष छितिज थेवे, पुर्व राजदुत डा. गणेश योञ्जन, अभिनेत्रीहरु करिश्मा मानन्धर, पल्पसा डँगोल, अभिनेता गजित बिष्ट, निर्देशक एवम् अभिनेता दिनेश डिसी, गायिका सुनिता दुलाल, पत्रकारहरु ऋषी धमला, उमेश चौहान लगायतले चलचित्र नीरफूल हेरे । यो चलचित्र आफुहरुलाई निकै मनपरेको प्रतिक्रिया उनीहरुले दिए ।

पूर्व उपप्रधानमन्त्री डा. भिम रावलले चलचित्र नीरफुल हेरेपछि भने ‘२०७२ सालका विनाशकारी भूकम्पलाई हामीले बिर्से पनि त्यसले पारेको असर अहिलेसम्म यो चलचित्रले समेटिएको रहेछ । नेपालीहरुलाई नेपालीले नै कसरी बिक्री गर्छन् भन्नेकुरा शरणार्थी प्रकरणमा अहिले ताजै रहेको बेला त्यस्तै कथा चलचित्र नीरफूलमा मैले हेर्न पाएँ ।’ नीरफूलले राज्य प्रणालीको धेरै समस्याहरुलाई समेत ससक्त रुपमा उतारिएको पनि उनले बताए । यस्तै पूर्व मन्त्री एवम् राप्रपाको नेता बुद्धिमान तामाङले आफुलाई निकै मन परेको रुबी भ्यालीलाई फिल्ममा अत्यन्त सुन्दर रुपमा हेर्न पाउँदा साह्रै आनन्द आएको बताए । यो फिल्मले राजनीतिक रुपमा धेरै कुराहरु समेत भन्न खोजेको उनले दावी गरे ।

अर्का पूर्वमन्त्री पर्शुराम तामाङले नीरफूल झट्ट हेर्दा तामाङ समुदायको कथाजस्तो देखिए पनि यो फिल्ममा मुलुकका धेरै समस्याहरु उठाईएको छ भने । राप्रपाकी नेतृ रोशन कार्कीले पनि यो चलचित्रको खुलेर प्रसंसा गरिन् । युवा नेता क्षितिज थेवेले राज्य प्रणालीको कमजोरी बुझ्न पनि युवाहरुले यो चलचित्र हेर्नुपर्ने दावी गरे । ‘फिल्ममा सामाजिक राजनीतिक विषयलाई सशक्त रुपमा उठाइएको छ’, उनले भने, ‘आजको युवाले हेर्नुपर्ने फिल्म हो यो ।’ अभिनेत्री करिश्मा मानन्धरले भूकम्पका बेलाको मर्मस्पर्शी सन्दर्भ यो फिल्मले यतिबेला आफुलाई सम्झाएको बताईन् । देश कुन अबस्थामा गईरहेको छ भन्नेकुरा यो चलचित्रले दर्शाएको उनले दावी गरिन् । चलचित्र निर्देशक दिनेश डिसीले नीरफूल हेरेपछि आफुलाई निर्देशक फूलमानलाई पत्रकारिता जस्तै चलचित्र निर्देशनमा पनि त्यत्तिकै ससक्त रुपमा पाएको बताए । नीरफूलले उठाएको विषयबस्तु र यसमा प्रस्तुत भएका घटनाहरु सँधै ताजा रहने प्रकारको रहेको प्रतिक्रिया उनले दिए ।

अभिनेता गजित बिष्टले यो चलचित्रमा निर्देशक फुलमान वलले निकै सानो–सानो कुरामा मेहनत गरेर थुप्रै विषयबस्तुलाई सिनेमामा समान रुपमा उतार्न सकेको बताए । चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन् । यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वालगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाइ दुबईबाट सोनाम डोमा, दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन् । फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् ।

अगाडिकाे पाेस्ट

‘छक्का पन्जा ४’ मा खिस्स भएका दिनेश कोइरालाको ‘भष्मे डन’बाट राम्रो हुने अपेक्षा

अर्काे पाेस्ट

मुकुन भुसाल, मेनुका प्रधान लगायत अभिनित ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana