इटहरी/ पछिल्लो समय कोशी प्रदेशका नया पुस्ताका कलाकारहरू अभिनित ब्राण्डेड फिल्महरुमा एकपछि अर्को गर्दै प्रदर्शन भैरहेको अवस्था छ । छक्का पन्जा ४, जारी, बिहे पास लगायतका फिल्महरुमा यहाँका कलाकारहरूले महत्त्वपूर्ण स्थान पाईसकेका छन् । हुनत यहि कोशी प्रदेशका चल्तिका पुराना र नयाँ पुस्ताका कलाकारहरूले नै अहिले नेपाली सिनेमाको मार्केट पिटिरहेको छ भन्दा फरक नपर्ला । यतिबेला कुरा गर्न लागेको कलाकार दिनेश कोइरालाको हो । उनी अहिलेका उदयमान कलाकारको रुपमा अगाडि बढिरहेका छन् । केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा-४’ मा इटहरीका यी कोइरालाले पनि स्थान पाएका थिए । जो कोहिले छक्का पन्जा समुहसंग सजिलै काम पाउन गार्हो छ भन्ने हल्ला सिनेमा नगरिमा छ । तर, कोइरालाले पाए । हेर्नुस यो समाचार संग सम्बन्धित रहेर तयार गरिएको हाईलाईट्स
हामीलाई छायांकनका बेला प्राप्त विश्वस्त श्रोतले उनी महत्त्वपूर्ण भुमिकामा छन् भन्ने खवर गरेपछि श्रोतका आधारमा उनको समाचार तयार पार्यौ । पछि ट्रेलरमा पनि उनलाई डाईलोग सहित स्थान दिइयो । कमेडी धारमा उनी देखिएपछि ट्रेलरबाट धेरैले उनलाई नजर लगाए । तर, हलमा उनको पनि अभिनय हेरौ न त भनेर गएका दर्शक भने खिस्स भए । हुन त श्रोतले भनेअनुसार महत्त्वपूर्ण भुमिकामै रैछन् । तर, ट्रेलरमा जति थियो त्यति मात्रै । अन्य सिनमा झालाक झुलुक मात्रै । हाम्रो टिम फिल्म हेर्न जादा समेत ट्रेलरमा उनको दृश्य राम्रो लाग्यो, हाम्रै ठाउको मान्छे भन्दै हेर्न आउने धेरै थिए । तर, फर्किदा यो बारे ती दर्शकसंग कुरा गर्न खोज्दा मुसुक्क हास्न बाहेक केही बोलेनन् ।
उनै कोइरालालाई यो बारेमा बुझ्दा आफ्नो धेरै महत्त्वपूर्ण सिन काटिएको बताए । तर, फिल्म युनिटसंग कुनै गुनासो नरहेको हामिलाई बताउदै गर्दा दिपा-दिपकलाई यत्ती भए पनि अवसर दिएकोमा आभार प्रकट गरेका थिए । अब, यतिबेला उनले ‘पशुपति प्रसाद २ भष्मे डन’मा समेत अभिनय गरेका छन् । एकपछि अर्को ब्राण्डेड फिल्ममा अभिनयको मौका पाइरहेका उनले छक्का पन्जा ४ मा जे जस्तो भएपनी भष्मे डनमा भने डन बनेर निस्किउन् । उनी आफै भन्छन् भष्मे डन मेरो अभिनय करियरको टर्निङ पोइन्ट हो । हामीसंगको कुराकानिमा उनले यो फिल्ममा हाईलाईट हुने नै क्यारेक्टर रहेको बताए । अब उनको बोलि कत्तिको पक्का हो ? फिल्ममा उनी कस्तो क्यारेक्टरमा छन् ? अभिनयमा कत्तिको दम छ ? यी सबका लागि भने फिल्म रिलिजको समय पर्खिनै पर्ने हुन्छ ।
Discussion about this post