इटहरी/ पारिवारिक सम्बन्धको गहिरो भावनालाई प्रस्तुत गर्ने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । फागुन २ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको गीतलाई ओएसआर डिजिटलमार्फत रिलिज गरिएको हो । भीम बिसी र रजज्ञा श्रेष्ठको स्वरमा रहेको गीतमा भीमकै शब्द र संगीत छ । उदयराज पौडेलले एरेन्ज गरेका गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय रहेको छ ।
बाबु र छोरीबीचको सम्बन्ध र माया गीतको मुख्य विषयवस्तु हो । गीतमा शिशिर खातीको कोरियोग्राफीले थप जीवन्तता दिएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममार्फत सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गरेका छन् । फिल्मका निर्माता सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम हुन् । हेर्नुस् गीत ।
फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको लेखन सुमन गजमेरले गरेका हुन् भने छायांकन सौरभ लामाले गरेका छन् । दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी फिल्ममा रहेको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् । पारिवारिक प्रेमको मार्मिक कथा लिएर आउने यो फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।












Discussion about this post