इटहरी/ नेपाली फिल्म ‘एक्टरः टेक वन’ को ट्रेलरले सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको फिल्म क्याटोगरि अन्तर्गत दोश्रो स्थानमा कब्जा जमाएको छ । १५ लाखभन्दा बढी भ्युजसहित यो समाचार तयार गर्दै गर्दा ट्रेन्डिङको दोश्रो स्थान कब्जा गरेको ट्रेलर केही समय पहिलो स्थान समेत कब्जा गरेको थियो । सार्वजानिक पश्चात ट्रेलरले दर्शकको अत्यधिक माया पाएको छ ।
माघ १६ गते प्रदर्शनका लागि तयार रहेको यो फिल्मको ट्रेलर गत शुक्रबार काठमाडौंमा एक भव्य समारोहबीच सार्वजनिक गरिएको थियो । त्रिकोणात्मक प्रेमकथा र संघर्षको गहिरो कथा प्रस्तुत गर्ने यो ट्रेलरले दर्शकहरूलाई उत्साहित बनाएको छ ।
राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदिप खड्काको दमदार भूमिका प्रस्तुत गरिएको छ । प्रदिपसँगै आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालाको उत्कृष्ट अभिनयले ट्रेलरलाई झन् प्रभावशाली बनाएको छ । हेर्नुस् ट्रेलर ।
ट्रेलर हेरेपछि दर्शकहरूले फिल्मप्रति उच्च अपेक्षा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रदिपको अभिनयलाई ‘अभिनयको राजा’ भन्दै प्रशंसा गरिएको छ । अदृत फिल्म्स् र मोती फिल्म्स्को संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका छन् ।
फिल्मका छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, सम्पादक निमेष श्रेष्ठ र संगीतकार हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्की रहेका छन् । कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् भने द्वन्द्व निर्देशन अष्ट महर्जनको रहेको छ । दर्शकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले ‘एक्टरः टेक वन’ नेपाली फिल्म क्षेत्रमा छुट्टै स्थान बनाउन सफल हुने संकेत देखाएको छ ।












Discussion about this post