इटहरी/ चिसो मौसम भएपनि यतिबेला देशभर स्टेज कार्यक्रमहरूको लहर चलिरहेको छ । विशेषगरी गायक-गायिका र मोडलहरू देशका विभिन्न कार्यक्रमहरूमा व्यस्त देखिएका छन् । तर, यतिबेला खराब मौसम र प्लेन उडान समस्याले कलाकारहरूको यात्रा झन् जटिल बनाएको छ । उडान रद्द तथा ढिलाईले ठूला ठूला कार्यक्रममा सहभागी हुन नसकेको तीतो यथार्थ कलाकारहरूले सामाजिक सञ्जालमा पोख्दै आइरहेका छन्।
यसै सन्दर्भमा गायिका समीक्षा अधिकारी र ज्योति मगरबीच नेपालको एयरलायन्सलाई लिएर सामाजिक सञ्जालमा दुई फरक विचार व्यक्त भएका छन् । समिक्षाले श्री एयरलायन्सप्रति यात्रुलाई अलपत्र पारेको र धोका दिएको गुनासो स्ट्याटस मार्फत व्यक्त गरेकी छन् भने यता ज्योतिले उक्त स्ट्याटसको खण्डन गरेकी छन् ।
समीक्षाले फेसबुकमा श्री एयरलायन्सप्रति गुनासो गर्दै “मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन् ।” भन्दै लेखेकी छन् ।

समीक्षाले यो एयरलायन्सबाट केही दिनअघि पनि धोका दिदाँ नेपालगञ्जको कार्यक्रम छुटाउन परेको र “आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु । श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन । यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन ।” भन्दै आक्रोश व्यक्त गरेकी छन् । यता ज्योतिले समिक्षाकै नाम लिएर स्ट्याटस त लेखेकी छैनन्। तर, उनको स्ट्याटसले सिधासिधी समीक्षाकै स्ट्याटस लाई जवाफ फर्काएको बुझ्न सकिन्छ ।
ज्योतिले “नेपालको एयरपोर्ट एयरलायन्सहरुको बारेमा बुझ पाखेहरु, कुनैपनि एयरलायन्सहरुले जानी जानी दुख दिदैनन” भन्दै समीक्षाको स्ट्याटस प्रति कटाक्ष हानेकी छन्। उनी लेख्छन् “म अचेल प्रत्यक दिन २ ओटा जति फ्लाइट गर्छु एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु टु पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर ४ ओटा फ्लाइट सम्म गरे.. मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो, किन कि प्रकृति भन्दा माथी हामी कोइ छैन।”

उनले प्रकृतिको खेलालाई केही गर्न नसक्ने कुरा लेख्दै प्लेन चढ्ने नयाँ कलाकारहरलाई पेचिलो जवाफ दिएकी छन् । उनी थप लेख्छिन् “भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकांश एरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफुलाइ भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाइ हासो उठ्छ । बरै, नेपालको एर्पोर्ट एर्लाइन्सहरु को बारेमा बुझ पाखेहरु, कुनैपनि एर्लाइन्सहरुले जानी जानी दुख दिदैनन एर्पोर्ट सानो छ अन्तरास्ट्रिय उडान देखि डोमेस्टिक उडान एउटै रनवेमा हुन्छ विभिन्न टेक्निकल कुराहरु हुन्छन जहाजहरु उड्न उडाउन पार्किङ गर्न सबै कुरा को अनुमती दिने निश्चित निकाय हरु हुन्छन । एउटा प्यासेन्जर ले सिट बेल्ट मात्रै लाउन नमानिदिदा टेकअफ पोइन्टमा पुगेको जहाजसम्म फर्काउनु पर्ने सास्ती एर्लाइन्स वाला ले भोग्नु पर्छ । साझा बस चढेर ड्राइभरलाई बस स्टाफ लाई मन लागि गाली गर्या जस्तो होइन । फलानो एर्लाइन्स ठिक छ फलानो एर्लाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो । प्रीय कलाकारहरु आजभोलि एउटा नियम छ एर्पोट भित्र जाहाजको ओरिपरी फोटो खिच्न पाइदैन, पिलेन तिर फर्केर फोटो खिचेर आफुलाइ भयङ्कर ठूलो ब्यस्त कलाकार नदेखाउनु होला । कलाकार हुनुभन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पे ज्युहरु ।
नोट: र यो स्टाटस पुरा पढौ केही कुरा सिकौ र सिकाउ ।”












Discussion about this post