इटहरी/ फिल्म ‘सारंग’ आगामी माघ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसै क्रममा बिहीबार फिल्मको ‘तिमी नै हौ’ बोलको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । बालकलाकार आदित्य कार्की र सम्राट थापाको मित्रता, प्रेम र समर्पणलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
देवेन्द्र बरालको आवाजमा सजिएको गीतलाई सुमन सिंगलले शब्द दिएकी छन् भने शंकर थापा ‘स्माइल’ले संगीत भरेका छन् । सुष्मा राईको कोरियोग्राफीमा तयार भएको यो गीत ‘फ्रेन्ड सङ’ को रुपमा प्रस्तुत गरिएको छ, जुन केही दिनअघि सार्वजनिक टिजरपछि दर्शकमाझ ल्याइएको हो । हेर्नुस् गीत तथा भिडियो ।
प्रशान्त तामाङको लेखन, निर्देशन र निर्माणमा बनेको फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याकलगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकार सम्राट र आदित्यको मुख्य भूमिका रहेको फिल्मले बाल मनोविज्ञान, बालअधिकार र सामाजिक विभाजनका कथालाई समेटेको छ ।
फिल्मका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् भने सहनिर्मातामा पुष्पा लिम्बू र बिनु गुरुङ छन् । गोपाल रायले छायांकन गरेको यो फिल्म दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको हो । सम्पादन मित्र डी. गुरुङले गरेका छन् भने फिल्मको वितरण जिम्मा स्टेशन ५ ले लिएको छ ।












Discussion about this post