Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘नाक्छोङ’को शुभमुहूर्त: राई समुदायको ऐतिहासिक संस्कृतिक कथा पस्कने

✍ परिकला न्यूज
माघ ४, २०८१ मा प्रकाशित
फिल्म ‘नाक्छोङ’को शुभमुहूर्त: राई समुदायको ऐतिहासिक संस्कृतिक कथा पस्कने

इटहरी/ राई समुदायको समृद्ध सांस्कृतिक धरोहरलाई समेट्दै निर्माण हुन लागेको चलचित्र ‘नाक्छोङ’ (विजुवा) को छायाङ्कन बिहीबारदेखि सुरु भएको छ । कोसी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर १० को शान्ति चोकमा विशेष कार्यक्रम गरी चलचित्रको भव्य शुभमुहूर्त गरियो । राई समुदायका परम्परागत संस्कारलाई आत्मसात् गर्दै तीन चुला र चिन्डो पूजा गरेर मुहूर्त सम्पन्न गरिएको थियो ।

शुभ मुहूर्त कार्यक्रममा बेलबारी नगरप्रमुख दिलप्रसाद राईले एक्सन भनेका थिए भने डिरेक्टर क्यामेरा कल निर्देशक नवीन सुब्बाले गरे । वडाध्यक्ष विक्रम बान्तवाले क्यामेरा रोल र निर्देशक मिलन चाम्सले क्ल्याप गरे । याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुहूर्त शट दिएका थिए । नगरप्रमुख राईले नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा चलचित्र क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गर्दै निर्माण युनिटलाई धन्यवाद दिए ।

यस्तै वडाध्यक्ष विक्रम बान्तवाले आफ्नो जातीय संस्कृति संरक्षणमा यो फिल्मले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यता निर्देशक मिलन चाम्सले फिल्म शुभमुहूर्त ऐतिहासिक शैलीमा गरिएको र यस्ता फिल्म अन्तर्राष्ट्रिय बजारले खोजिरहेको बताए । निर्माता ज्योतिराज राईले ‘नाक्छोङ’लाई राई समुदायका चाडपर्व, विवाह संस्कार, भेषभूषा र परम्परागत बिजुवाको महत्त्वलाई समेटेर निर्माण गरिने र यसलाई अन्तर्राष्ट्रिय महोत्सवमा लैजाने उद्देश्य रहेको बताए ।

यो फिल्म किरण राईको लेखन तथा निर्देशनमा निर्माण हुँदैछ । निर्देशक राईको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘लुङा’ र ‘ज्युपैचो’ निर्देशन गरेका थिए । यसको छायांकनको जिम्मा चर्चित छायाकार बाबु श्रेष्ठले लिएका छन् । याशेली योङ्हाङ, भुवन सिंह राई , सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई ‘गल्फने’ अनुशा राई, सारा राई , त्रिचु राई , उत्तम राई , तयाहाङ राई , उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइरला, हेम दिलुङ्छा, बिनोद पोमो लगायतको अभिनय रहने छ ।

भुमिषा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा लन्डन सिने आई र 32 BOX UK काे सहकार्य रहने बताईएको छ । यो फिल्मको बेलबारी र काठमाडौँका रमणीय स्थानमा छायाङ्कन हुने बताइएको छ । फिल्मलाई शुभ मुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बाले राई समुदायका कथालाई फिल्ममार्फत प्रस्तुत गर्न अझै धेरै प्रयास आवश्यक रहेको बताएका छन् । उनले राईहरूको रहनसहनलाई प्रामाणिक रूपमा देखाउने प्रतिबद्धता जनाएका छन् । ‘नाक्छोङ’ले नेपाली फिल्म उद्योगमा राई समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्ने मात्र होइन, यसले नेपालको मौलिकता विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘ताण्डवम्’को पोस्टर सार्वजनिक, फागुन ९ देखि प्रदर्शन हुने

अर्काे पाेस्ट

माघ २५ मा प्रदर्शन हुने फिल्म ‘सारंग’को ‘तिमी नै हौ’ गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana