इटहरी/ फिल्म ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोष्टर सार्वजनीक भएसँगै यसले कथावस्तुको भावनात्मक गम्भीर्य र द्वन्द्वपूर्ण माहोललाई प्रस्ट पारेको छ । विजय बस्यालले डिजाइन गरेको सार्वजनीक पोस्टरले दर्शकलाई गहिरो कथामा डुबाउने संकेत दिएको छ । यो फिल्म आगामी चैत्र १५ देखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
पोस्टरमा देखिएको वीरेन्द्र सिंह कुशवाहाको उग्र भावभङ्गीले कथामा रहस्य र सङ्घर्षलाई मूर्त रूप दिएको छ । लेखन तथा निर्देशन अरुण लामाले गरेको यो फिल्ममा अनुभवी र नयाँ कलाकारहरूको अभिनय रहेको छ ।

प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आलेजस्ता कलाकारहरूले अभिनय गरेको ‘डोरी’मा निर्माता दिनेश भट्टराई र कार्यकारी निर्माता राज थापा रहेका छन् । निर्देशक लामाका अनुसार ‘डोरी’ले कथावस्तु र प्राविधिक पक्षमा नयाँ आयाम थप्नेछ । पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो र अपेक्षा थपिएको छ ।












Discussion about this post