Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘एक्टर: टेक वान’ को २ पोष्टर सार्वजनीक, फिल्म माघ १६ गते प्रदर्शन हुने

✍ परिकला न्यूज
पुस १६, २०८१ मा प्रकाशित
‘एक्टर: टेक वान’ को २ पोष्टर सार्वजनीक, फिल्म माघ १६ गते प्रदर्शन हुने

इटहरी/ नेपाली फिल्म ‘एक्टर: टेक वन’ आगामी माघ १६ गते रिलिज हुँदैछ । यसै अवसरमा दुई नयाँ पोस्टर र मोशन पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचारलाई थप तिब्र बनाइएको छ । निर्देशक राजन भुसालका अनुसार यो नयाँ ब्रान्डिङ योजना फिल्मप्रति दर्शकहरूको चासो बढाउनको लागि ल्याइएको हो । पहिलो पोस्टरमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला देखिएका छन् भने दोस्रो पोस्टरमा खड्का र कोइरालालाई मात्रै प्रस्तुत गरिएको छ ।

सार्वजनीक पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन्, जसले फिल्मका पात्र र कथालाई आकर्षक रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । पहिलो पोस्टरले पात्रहरूबीचको भावनात्मक सम्बन्धलाई उजागर गर्दा दोस्रो पोस्टरले थ्रिलर पक्षलाई प्राथमिकता दिएको छ । यसअघि सार्वजनिक गरिएको टिजरले सुपरस्टार प्रदिप खड्काका चरित्रहरूको झलक दिएको थियो, जसले फिल्मप्रति दर्शकको उत्सुकता झनै बढाएको थियो ।

सार्वजनीक पोस्टरमा प्रदिप खड्काको चोट लागेको अनुहार र राजबल्लभ कोइरालाको चुरोट समातेको दृश्यले कथामा चुनौती र शक्तिको खेल रहेको संकेत गर्छ । यो फिल्मबाट अभिनेता राजबल्लभ कोइरालाले १० वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्न लागेका हुन् भने दिव्या रायमाझीका लागि यो फिल्म डेब्यु हो, जहाँ उनी बोल्ड र ब्यूटिफूल भूमिकामा प्रस्तुत भएकी छन् । दिव्या चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, जो अमेरिकाबाट फर्केर नेपाली फिल्ममा अभिनय गर्न थालेकी हुन् ।

फिल्मको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट भुसाल र आकाश बरालले लेखेका छन् । अदृत फिल्म्स र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा थमन कुमार भण्डारी निर्माता र अनीश भुसाल सह-निर्माताको रूपमा छन् । नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको सङ्गीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व निर्देशन र कृष्णमान तामाङको कला निर्देशन यो फिल्ममा रहेको छ ।

अगाडिकाे पाेस्ट

दुर्गेशको दुश्मन हेरेको हेर्यै: प्रियंका, कविता, एलिना, समीक्षा र आनन्दको साथ

अर्काे पाेस्ट

धीरज र मिरुनालाई लिएर ‘कुस्ती’ निर्माण घोषणा, कलाकारसँगै अब निर्माता बन्दै बुद्धि तामाङ ‘हैट’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana