इटहरी/ क्याम्पस जीवनको संघर्ष, मित्रता र हास्यरसले भरिएको फिल्म ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक भएको छ । पोष्टर सार्वजनिकसँगै निर्देशक सशान कँडेलले यो फिल्म आगामी फागुन २३ गते नेपालसहित विभिन्न देशहरूमा प्रदर्शन हुने घोषणा समेत गरेका छन् । पोस्टरमा आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई बास्केटबल कोर्टमा रमाइलो गरिरहेको देखाइएको छ । जसले फिल्मको हास्यप्रधान शैलीलाई झल्काउँछ ।
सार्वजनिक पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् । ‘होस्टेल ३’ ले हास्यरससँगै क्याम्पस जीवनका विविध पक्षलाई उजागर गर्ने बताईएको छ । यो फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ जस्ता सफल फिल्महरूको तेश्रो शृङ्खला हो । निर्देशक कँडेलकै कथामा आधारित यो फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् ।

यो फिल्म सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो । निर्माता कर्ण कार्की र गोविन्द अधिकारी, सह-निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । फिल्ममा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ । होस्टेल ३ मा अर्जुन तिवारीको डिओपी रहेको छ भने विकास दाहाल सम्पादन, हिमाल केसी द्वन्द्व निर्देशन र प्रवीण सिंह तथा रोशन विश्वकर्मा कोरियोग्राफीमा छन् ।












Discussion about this post