इटहरी/ लामो समय पश्चात् अभिनेता राजेश हलालको कमव्याक भनेर चर्चामा आएको फिल्म ‘नरसिंहाः अवतार’ आगामी चैत २९ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले यो फिल्मलाई नेपाली नयाँ वर्षको उपहारका रूपमा दर्शकमाझ ल्याउने निर्णय गरेको हो । निर्देशक दिवाकर भट्टराईको यो फिल्म एक्सन र सोसल ड्रामामा आधारित छ ।
यो फिल्मबाट अभिनेता राजेश हमालले ८ वर्षपछि ठूलो पर्दामा पुनरागमन गर्न लागेका हुन् भने अभिनेता सरोज खनालसँग उनी ३० वर्षपछि एउटै फिल्ममा देखिँदैछन् । दुवैले सन् १९९४ मा रिलिज भएको फिल्म ‘सडक’ मा सँगै अभिनय गरेका थिए ।
यस्तै यो फिल्म ‘नरसिंहाः अवतार’मा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी र प्रकाश कुँवरजस्ता कलाकारहरूको समेत दमदार अभिनय रहेको छ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहेको ‘नरसिंहाः अवतार’ मा द्वन्द निर्देशकको रूपमा चन्द्र पन्तले काम गरेका छन् । फिल्मलाई नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।












Discussion about this post