इटहरी/ सार्वजनिक पश्चात् छोटो अवधिमै चर्चामा आउन सफल गीत ‘मेरो अधुरो प्रेम’को भिडियो यतिबेला युट्युब ट्रेन्डिङमा छ । युट्युबमा सार्वजनिकको ९ दिन पुग्दै गर्दा यो गीतको भिडियोलाई १६ लाख बढी पटक हेरिएको छ भने यो समाचार तयार गर्दैगर्दा युट्युब नेपाल ट्रेन्डिङको म्युजिक क्याटोगरिमा दोश्रो स्थान कब्जा गर्न सफल भएको छ । यस्तै ७३ हजार लाईक पाएको भिडियोमा ४ हजार ७ सय बढी सकारात्मक प्रतिक्रिया आएको छ ।
छोटो भिडियो साझेदारी साईट टिकटक तथा रिल्सहरुमा यो गीतका क्लिपहरु भाईरल भैरहेका छन् । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको सार्वजनिक पछिल्लो यो म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ । हेर्नुस् भिडियो ।
गीतमा हर्क साउदको शब्द, सुजन चापागाईँ र विद्या तिवारीको स्वर, तथा सुजन चापागाईँकै सङ्गीत रहेको छ । सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् । विश्वास लामाले न्यारेशन लेखेका छन् भने यसका कलाकार समेत रहेका चर्चित कथा वाचक साइग्रेस पोखरेलले सुनाएको न्यारेशनले गीतलाई थप प्रभावशाली बनाएको छ ।
अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन् । अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् । यसमा निमा लामाको मेकअप, सुजन रत्न परियारको कस्ट्युम डिजाइन, र तीव्रता खड्काको प्रोडक्सन डिजाइन रहेको छ । भिडियो सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन् भने छायाङ्कन चिन्तन राजभण्डारीको निर्देशनमा भएको हो । यस परियोजनाको सम्पूर्ण सुपरिवेक्षण नवीन चौहानले गरेका हुन् ।












Discussion about this post