इटहरी/ कोशी प्रदेशअवस्थित सुनसरीको धरानमा मंगलबार पहिलो पटक आयोजना गरिएको ‘याक्थुङ सिने अवार्ड २०८१’ मा लिम्बु चलचित्र ‘चे’ लाई सर्वोत्कृष्ट फिचर फिल्म र ‘खोक्पा’ लाई सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड प्रदान गरियो । यो अवार्ड कार्यक्रम याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीले आयोजना गरेको हो । जसमा २०८०–८१ सालभित्र निर्माण भएका विशुद्ध लिम्बु कथामा आधारित चलचित्रहरूलाई समावेश गरिएको थियो ।
चलचित्र र लघु चलचित्रको छुट्टाछुट्टै विधामा ७ र ६ अवार्ड प्रदान गरियो । फिचर फिल्मतर्फ दिनेश माङमु (‘युक्पुङ’) ले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड क्रमशः किशोर सम्बाहाम्फेले ‘माङ्गेना’बाट र बिमला खजुमले ‘चे’बाट अवार्ड हात पारे । यस्तै लघु चलचित्रतर्फ प्रकाश लिम्बु ‘खोक्पा’बाट उत्कृष्ट निर्देशक घोषित भए भने सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड क्रमशः तिरज लिम्बुले ‘खोक्पा’बाट र बिमला थोक्लिहाङले ‘इचिङ’बाट पाए ।

यस्तै अवार्ड सेरेमोनी कार्यक्रमबाट बरिष्ठ कलाकार प्रेम सुब्बा लाई ‘सोदुइङ्गेन लेप्मुहाइ अवार्ड’ बाट सम्मान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न पालिकाका लिम्बु जनप्रतिनिधिहरू, पुर्व मिस नेपाल माल्भिका सुब्बा, चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, कार्साङ फिल्मका अभिनेत्री सिर्जना निङ्लेखु र अभिनेत्री परीक्षा लिम्बु सहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरिएम हलमा सम्पन्न अवार्ड कार्यक्रमको चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो मुख्य जुरी रहेको टिमले बिभिन्न बिधामा याक्थुङ चलचित्रकर्मी हरुलाई अवार्ड प्रदान गरिएको हो ।

प्रमुख विधागत अवार्ड सूची यसप्रकार रहेको छ ।
चलचित्र तर्फ
उत्कृष्ट निर्देशक दिनेश माङमु – युक्पुङ
उत्कृष्ट नायक – किशोर सम्बाहाम्फे – माङ्गेना
उत्कृष्ट नायिका – बिमला खजुम – चे
उत्कृष्ट नव नायक – राज श्रेष्ठ – सिकुम
उत्कृष्ट नव नायिका – निसाम तुम्बापो – लोजिमा
उत्कृष्ट चरित्र अभिनेता – सिडी बेघा – हाङनान्द
उत्कृष्ट चरित्र अभिनेत्री – डम्बर कुमारी पयाङ्बो – सुगुप
सोदुङ्ना लेम्मुहाङ अवार्ड – प्रेम सुब्बा
तिगेन्जङना अवार्ड – मिना हुक्पा चोङवाङ
सोसियल चोइस चलचित्र – सुगुप
सोसियल लघु चलचित्र – खोक्पा
लघु चलचित्र तर्फ :
उत्कृष्ट चलचित्र – खोक्पा
उत्कृष्ट निर्देशक – प्रकाश लिम्बु – खोक्पा
उत्कृष्ट नायक – तिरज लिम्बु – खोक्पा
उत्कृष्ट नायिका -बिमला थोक्लिहाङ -इछिङ
उत्कृष्ट चरित्र अभिनेता – कर्ण सम्बाहाम्फे – इछिङ
उत्कृष्ट चरित्र अभिनेत्री – मिना हुक्पा चोङवाङ























Discussion about this post