इटहरी/ गायक, गीतकार तथा संगीतकार बेक्छको नयाँ गीत ‘लक्खर लक्खर’ सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा बेक्छको पृथक शैली र सिर्जनात्मकता पुनः प्रस्तुत गर्दै यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतलाई ब्रिजेश श्रेष्ठले संगीत संयोजन तथा निर्माण गरेका हुन् । सो गीतको गिटारमा विजय म्याक्सिमस रहेका छन् ।
सार्वजनिक गीतको भिडियो प्रोडक्सन म्यानेजरको जिम्मेवारी राजिता पराजुलीले सम्हालेकी थिइन् । उनले पहिलोपटक यसरी म्युजिक भिडियोको प्रोडक्सन म्यानेजर भएर काम गरेकी हुन् । रोधी फिल्म्सको उत्पादन रहेको यस गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ । हेर्नुस् भिडियो ।
भिडियोमा यसको प्रोडक्सन म्यानेज राजिता नै फिचर्ड छिन् भने उनको साथमा सुशान्त शिवाकोटी फिचर्ड छन् । निर्देशक अशोक पाठकको निर्देशनमा निर्माण भएको यस भिडियोको छायांकन र सम्पादन ऋशन महर्जनले गरेका हुन् हुन् भने कलरिङको काम अनोजले गरेका छन् । यो भिडियोको छायांकन क्लब १० एक्समा गरिएको हो ।














Discussion about this post