Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपाली र साउथ इन्डियन कलाकारको अभिनयमा ‘ह्रस्व दीर्घ’, पावरफुल ट्रेलर सार्वजनिक

✍ सुवास संकल्प
कार्तिक २२, २०८१ मा प्रकाशित
नेपाली र साउथ इन्डियन कलाकारको अभिनयमा ‘ह्रस्व दीर्घ’, पावरफुल ट्रेलर सार्वजनिक

इटहरी/ यहि कार्तिक ३० गतेदेखी सार्वजनिक प्रदर्शनमा आउने प्रतिक्षित नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको छ । निता फिल्म्सको ब्यानरमा निर्मित यो फिल्मको निर्मात्री तथा प्रमुख अभिनेत्री निता ढुंगाना हुन् । अभिनेत्री निता यो फिल्मबाट निर्मातामा होमिएकी हुन् । सार्वजनिक ट्रेलर एक्सनले भरिपुर्ण देखिन्छ । साथै प्रेम, रोमान्स, विछोड र कमेडी पनि ट्रेलरमा देख्न सकिन्छ । यसर्थ फिल्म सबै वर्गका लागी फिट हुने देखिन्छ । ट्रेलर सार्वजनिक पश्चात् धेरैले सकारात्मक प्रतिक्रिया देखाईरहेका छन् भने फिल्मको हाईप यो ट्रेलरका कारण अझै बढेको छ ।

यो फिल्ममा नेपाली र दक्षिण भारतिय स्टार कलाकारहरूको प्रमुख भुमिकामा अभिनय रहेको छ । सार्वजनिक ट्रेलरमा नेपाल र भारतका कलाकारहरूको तालमेल गज्जबको लाग्छ । ‘हरि’ अर्थात हरिहर अधिकारी र ‘नारायणी’ अर्थात निता ढुंगानाको जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु यो फिल्मले प्रस्तुत गर्ने बुझ्न सकिन्छ । ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्माता धनञ्जय गलानी रहेका छन् भने निर्देशक चन्द्र पन्त हुन् । हेर्नुस् ट्रेलर ।

फिल्मको कथा र पटकथा हरिहर अधिकारीले तयार पारेका हुन् भने संवाद प्रतीक पौडेलको रहेको छ । यो फिल्मलाई बलिउडका छायांकार कबीर लालले छायांकन गरेका छन् । यो फिल्म नेपालमा नेपाली र हिन्दी दुबै भाषामा प्रदर्शन हुने भएको छ भने नेपाल र भारतबाहेकका मुलुकमा भने एकसातापछि ल्याउने तयारी छ । यो फिल्म १४ जापानी सहरमा ७ डिसेम्बरदेखि रिलिज हुँदैछ ।

फिल्ममा फिल्ममा हरिहर अधिकारी र निता ढुंगानाको अलावा प्रदीप रावत, ब्रम्हानन्द, बिपना थापा, सुनिल वर्मा, मोहम्मद अली, कबीर दुहान, रेखा थापा, सरोज खनाल, संचिता लुइँटेल, किरण केसी, रबिन्द्र झा, बुद्धि तामाङ, निर्मल शर्मा, विशाल पहारी, सरदा गिरी, प्रशान्त ताम्राकार, नरेन खड्का, गजित बिष्ट, गरिमा शर्मा, आदर्श मिश्र, लक्ष्मी पौडेल, वसीम रजा, अग्रिम पण्डित, एभेलिना खड्का र नवारिद्धी ढुंगाना लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा रामजी लामिछाने र सुष्मा सुनामको कोरियोग्राफी रहेको छ भने एक्शन दृश्यहरूलाई राजु तामाङले निर्देशन गरेका छन् । संगीतमा प्रतीक पौडेल, सम्राट न्यौपाने, यश कुमार, अलीश कार्की, विशाल निरौला, बबुल गिरी र दुर्गेश थापा रहेका छन् । फिल्मका गीतहरुमा सुगम पोखरेल, बबुल गिरी, केतन क्षेत्री, दुर्गेश थापा, मेनुका पौडेल, सदिक्षा कट्टेल, रोजिना बस्नेत, साइमा श्रेष्ठ र विशाल निरौलाले स्वर दिएका छन् ।

यस फिल्मको छायांकन भारतको चर्चित रामोजी फिल्म सिटिमा गरिएको हो । यो फिल्मको भारतीय टिम अन्तर्गत मिथिलेश तिवारी लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् भने हैदराबाद लाइन प्रोड्युसर अनिल कुमार शर्मा रहेका छन् । फिल्म निर्माणमा ६ करोड लगानी लागेको निर्माता ढुंगानाले बताईन् । फरक स्वाद पस्किदै ‘ह्रस्व दीर्घ’ले नेपाली र भारतीय कलाकारहरूको समावेशीसँगै नेपाली फिल्मलाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठुलो योगदान गर्ने देखिन्छ ।

अगाडिकाे पाेस्ट

कोशी प्रदेशमा फिल्म ‘मिसिङ: केटि हराएको सुचना’को पोस्टर पब्लिसिटी सम्पन्न

अर्काे पाेस्ट

‘कमेडी क्लब विथ च्याम्पियन’ नयाँ स्वरुपसहित ‘कमेडी नाइट विथ च्याम्पियन’नाममा प्रसारण हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana