इटहरी/ गत वर्ष सम्पन्न ‘मिस नेपाल २०२२’ मा ‘मिस नेपाल अर्थ’ को उपाधी बिजेता डाक्टर सरिसा श्रेष्ठ ‘हार्वर्ड मेडिकल स्कुल’ जाने भएकी छन् । उनि प्रतिष्ठित अमेरिकी विश्वविद्यालय ‘हार्वर्ड’मा स्नातकोत्तरको कोर्ष गर्न जान लागेकी हुन् । उनले सामाजिक संजाल मार्फत यो कुराको जानकारी गराएकी हुन् । यस्तै उनले भर्खरै सम्पन्न मिस नेपाल २०२३ को ग्राण्ड फिनालेमा समेत हार्वर्ड जाने तयारीमा रहेको खुलाएकी थिइन् ।
हार्वर्ड मेडिकल स्कुलको पोस्टग्राजुएट कोर्ष अन्तर्गत उनले पेसेन्ट सेफ्टी, क्वालिटी र हेल्थ लिडरसिप क्लास लगायतको कक्षा लिनेछिन् । आउने जुलाईमा बोस्टनमा अन्तिम सेमेस्टार र ग्राजुएसन हुनेछ भने त्यसअघि दुई सेमेस्टार भर्चुअल हुने उनले जानकारी गराईन् । सरिसाको अनुसार विश्वभरका हजारौं आवेदकमध्येबाट आफू स्नातकोत्तर पाठ्यक्रमका लागि समावेश भएको हो । आफ्नो खुशी अभिव्यक्त गर्न नसकिरहेको उनले बताईन् । हार्वर्डबाटै भर्खरै पुर्व मिस नेपाल वर्ल्ड श्रृङखला खतिवडाले सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।
Discussion about this post