इटहरी/ विवाद र आलोचनाका बाबजुद पनि गायन र मोडलिङमा निरन्तरता दिइरहेका दुर्गेश थापाले पहिलो पटक भोजपुरी गीतको भिडियोमा अभिनय गरेका छन् । ‘कमर लपलप करे’ बोलको यो गीतको भिडियोमा दुर्गेशले मैथिली र भोजपुरी भिडियोकी चर्चित मोडल मेनुका माझीसंग अनस्कृन रोमान्स गरेका छन् । जस्लाई एक्सन कट गरेका छन् अरुण कुमार प्रधानले । नेपाली फिल्म निर्माता तथा निर्देशकसंगै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका अरुणले पनि यहि भिडियोबाट भोजपुरी म्युजिक भिडियो इन्डस्ट्रीमा निर्देशकको रुपमा डेब्यु गरेका छन् । भिडियोको बिराटनगर एर्पोर्टमा प्लेन होल्ड गरेर र बिराटनगरकै बिग होटलमा रहेको च्याम्पियन क्यासिनोमा गरि २ दिन लगाएर छायांकन गरिएको थियो ।
दुर्गेशको भोजपुरी म्युजिक भिडियो मोडलिङमा यो डेब्युलाई चासोको रुपमा लिन सकिन्छ । भिडियो सार्वजनिक पश्चात् उनलाई दर्शकले प्रतिक्रिया त दिन्छन् नै । यता मेनुकासंग क्यामेस्ट्री मिल्दा भने अब यो जोडिले अन्य भिडियोमा समेत निरन्तरता नपाउलान भन्न सकिन्न । यो गितमा भारतिय गायक सतेन्द्र र नेपाली मुलकी गायिका सुस्मिता सिंहको स्वर रहेको छ । जय हनुमान क्रीएसन प्रा. लि. को ब्यानरमा निर्माण भएको यो भिडियोमा मेनुकालाई बार डान्सर र धनाड्य युवतीको दोहोरो चरित्रमा देख्न सकिन्छ भने उनलाई यो गीतले आईटम डान्सरको रुपमा स्थापित गराउने देखिन्छ ।
भिडियोलाई लुज: सिंहले छायांकन गरेका हुन् । भोजपुरी भिडियो पहिलो पटक निर्देशन गरेपनी अरुणले थारु, मैथली, राजवंशी, राई, लिम्बू र नेपालि भाषामा चलचित्र निर्देशन गरि सकेका छन् । निर्देशक अरुणका अनुसार भिडियोमा ५ लाख लगानी लागेको छ भने दुर्गेश र मेनुकालाई पनि राम्रै पारिश्रमिक दिएको उनको भनाई छ । बिरेन्द्र कुमारको शब्द तथा गायक सतेन्द्रकै संगीतमा तयार भएको गीतको भिडियोको निर्माता रिता खड्का हुन् भने मिलन विश्वकर्माले सम्पादनको कार्य गरिरहेका छन् । भिडियोको कोरियोग्राफर कार्तिक राजवंशी हुन् भने मोडलहरुलाई ड्रेस सौजन्य एन्जल ट्रेलर्स इटहरीले गरेको छ । अहिले बनिरहेका भोजपुरी गीतको भिडियो भन्दा उच्च क्वालिटिमा निर्माण गरिएको र चाडै भिडियोलाई सार्वजनिक गरिने निर्देशक अरुणले बताए ।
Discussion about this post