इटहरी/ अभिनेता विपिन कार्कीमाथि ठूलो बज्रपात परेको छ । उनले आफ्नो जन्मदिककै दिन आफुलाई जन्मदिने आमाको निधन देख्नुपरेको छ । उनकी आमा सरस्वती कार्कीको विहिबार बिहान पाटन अस्पतालमा निधन भएको हो । उनी विगत केही दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन्।
विभिन्न दीर्घरोगले पीडित रहेकी सरस्वतीलाई पछिल्लो समयमा फोक्सोमा पानी जम्ने र मस्तिष्कमा जटिलता देखा परेको थियो।
आमाको स्वास्थ्य बिग्रिएपछि विपिनले ‘ऊनको स्वीटर’ नामक आफ्नो फिल्मको छायांकन बीचमै छाडेर काठमाडौं फर्किनु परेको थियो। आज बिहान १० बजे सरस्वती कार्कीको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरिएको छ ।
Discussion about this post