इटहरी/ लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी चर्चित नेपाली अभिनेत्री अरुणिमा लम्सालले आफ्नो जीवनको नयाँ मोडमा प्रवेश गरेकी छिन्। उनले नेपाली कांग्रेसका नेता युवराज श्रेष्ठसँग धार्मिक विधिअनुसार वैवाहिक जीवनमा बाँधिएकी हुन्।
अरुणिमा र युवराजबीचको विवाह सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा पारिवारिक सहमति र नजिकका आफन्तहरूको उपस्थितिमा सम्पन्न भएको हो। युवराज श्रेष्ठ सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिकाका स्थानीय नेता र कांग्रेस नगर कमिटीका उपसभापति हुन्।
अरुणिमा लम्साल नेपाली सिने जगतमा “यस्तै रहेछ जिन्दगी,” ‘धड्कन’, ‘इन्द्रेणी’, ‘जीवन रेखा’, ‘सन्तान’, ‘सञ्जीवनी’, ‘जाल’, ‘सपूत’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘के यो माया हो’ जस्ता करिब ४० भन्दा बढी चलचित्रमा आफ्नो अभिनय मार्फत परिचित भएकी छिन्। हालै मात्र उनले अमेरिकामा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’मा प्रमुख भूमिका निर्वाह गरेकी छन्, जुन छिट्टै रिलिज हुने तयारीमा छ।
Discussion about this post