Thursday, May 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

केहिदिनको अन्तरमा सकियो यी ३ फिल्म छक्का पन्जा ५, एक्टर र ज्वाईं साबको छायांकन

✍ सुवास संकल्प
साउन ३, २०८१ मा प्रकाशित
केहिदिनको अन्तरमा सकियो यी ३ फिल्म छक्का पन्जा ५, एक्टर र ज्वाईं साबको छायांकन

इटहरी/ नेपाली फिल्म बजारलाई हेर्ने हो भने यतिबेला हलमा एकमात्र नेपाली फिल्म ‘घरज्वाईं’ चलिरहेको छ । केही फिल्महरु यहि महिना प्रदर्शनको तयारीमा छन् । सो फिल्महरुको कार्यक्रम नै आयोजना गरेर हरेकदिन जसो फिल्मका गीत, टिजर, ट्रेलर लगायतका प्रचारप्रसारात्मक कार्यहरु भैरहेका छन् । केही फिल्महरु छायांकनको तयारीमा छन् भने यता केहिदिनको अन्तरमा ३ फिल्मले छायांकन प्याकअप गरेको छ । ती कुन कुन हो ? हामी यहि बारेमा चर्चा गर्दैछौं ।

१) छक्का पन्जा-५:
‘छक्का पन्जा-५’ फिल्म दिपक दिपा क्याम्पको फिल्म हो । ‘छक्का पन्जा’ सिरिजको ५ औं संस्करण बन्ने भन्ने कुरा चलेदेखी नै यो फिल्मको प्रतिक्षामा दर्शक छन् । यता छायांकनमा निस्कनुअघि सार्वजनिक गरेको एक पोस्टरले झनै कौतुहलता थपियो । अहिले यो फिल्मको छायांकन सम्पन्न भएको छ । दशैँ खाने दाउ पारेर यो फिल्म फुलपातीको दिन अर्थात असोज २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । छायांकनमा निस्किएको ५१ औं दिनमा ‘छक्का पन्जा ५’ प्याकअप भएको हो । यसरी हेर्दा फिल्मले हलमा पनि ५१ औं दिन मनाउन सक्ने संकेत दिएको देखिन्छ । दिपक-दिपा क्याम्पको फिल्म भैसकेपछी यो कुरा असम्भव त पक्कै हुँदैन । काभ्रे, सिन्धुली, पोखरा र काठमाडौमा छायांकन गरिएको फिल्मको अब एउटा गीत छायांकन गर्न बाँकि रहेको छ । फिल्मको निर्माता, लेखक तथा कलाकार दिपक राज गिरी हुन् । फिल्ममा दिपक सहित केदार घिमिरे र वर्षा सिवाकोटी बाहेक अन्य कलाकारहरू गुपचुप नै छन् । कलाकार मात्रै हैन फिल्म छायांकन नै गुपचुपमा गरियो । अन्य मेकरहरुले कलाकारलाई अनुबन्ध गर्दै सार्वजनिक गर्नु, छायांकनका तस्वीरहरु हरेक दिन सार्वजनिक गर्नु पनि फिल्मको प्रचार मान्छन् भने ‘छक्का पन्जा-५’ अर्थात दिपक-दिपा लगायत फिल्म युनिटलाई सो कुराको मतलब नै छैन् । सायदै फिल्मको नामदेखी कलाकारहरू समेत ब्राण्ड भ्यालु भएकाहरु छन् । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको ‘छक्का पन्जा-५’ को कार्यकारी निर्माता निर्मल शर्मा हुन् ।

२) एक्टर:
अभिनेता प्रदिप खड्काको अभिनय रहने भनेर सार्वजनिक भएदेखी नै फिल्म एक्टरको चर्चा चुलिएको छ । यता अर्को नेपाली फिल्मसंग दुरुस्तै नाम मिलेर पनि यो फिल्मको चर्चामा मलजल भयो । यता पुराना अभिनेता दिलिप रायमाझीकि सुपुत्री दिब्या रायमाझीले डेब्यु गर्ने भएका कारण पनि यो फिल्म दर्शकको प्रतीक्षामा थियो । अहिले यो फिल्मको पनि छायांकन सम्पन्न भएको छ । पोखरामा १० दिन र काठमाडौमा ३५ दिन छायांकन गर्दै ४५ दिनमा यो फिल्म ‘एक्टर’ प्याकअप भएको हो । बैशाखको अन्त्यमा पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्म सुटिङमा निस्किएको थियो । निर्माण युनिटका अनुसार अब यो फिल्मको एक गीत छायांकन गर्न बाँकि छ । फिल्मका निर्माता थमन कुमार भण्डारीका अनुसार ‘एक्टर’को बाँकी रहेको गीतको छायांकन युरोपमा गर्ने गरिनेछ । छायांकन सम्पन्न भएसंगै अब यो फिल्म युनिट पोस्ट प्रोडक्सनमा पनि लाग्नेछ, यसै वर्षको तिहारलाई लक्षित गरेर कात्तिक १५ गते सार्वजनिक प्रदर्शन मिति तोकेको फिल्मको अब एकपछि अर्को गर्दै फर्स्टलुक, टिजर, गीत तथा ट्रेलर सार्वजनिक हुनेछ । अहिलेसम्म फिल्महरुमा अभिनेता प्रदिप खड्काले निर्वाह गरेको भुमिका भन्दा उनलाई फरक भुमिकामा प्रस्तुत गरिएको निर्माण युनिटले जनाएको छ । अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा आना शर्मा र दिव्या रायमाझीसंग पहिलो पटक प्रदिपले स्क्रीनशेयर गरेका छन् । यता यहि फिल्मबाट अमेरिका पलायन भएका अभिनेता राजबल्लभ कोइरालाले १० वर्षपछि कमब्याक गर्दैछन् । यस्तै विविध कारणहरुले गर्दा पनि यो फिल्म ‘एक्टर’ प्रतिक्षित बनेको छ । फिल्मलाई राजन भुसालले निर्देशन गरेका छन् भने एनिस भुसाल सह-निर्माता र मोति कार्की क्रियटिभ प्रोड्युसर रहेका छन् ।

३) ज्वाईं साब:
हास्य अभिनेता जितु नेपाल छक्का पन्जा क्याम्प बाट बाहिरिएपछी फिल्मका नायक भएका छन् । केहिअघि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसंग जोडि बाँधेर ‘ह्यारी कि प्यारी’बाट नायकमा डेब्यु गरे । तर विडम्बना फिल्म चल्न त चल्यो तर, दर्शकले रुचाएनन् । फेरि दर्शकको मन जित्ने अपेक्षा स्वरुप ‘ज्वाईं साब’ बनेर अर्को आँट गरेका छन् जितुले । उनको र नीति शाहको प्रमुख भुमिका रहेको फिल्म ‘ज्वाईं साब’ को छायांकन पनि यहि श्रावण महिनामै सकिएको छ । यता नितिको कुरा गर्ने हो भने पनि हालत जितुको जस्तै नै छ । बल्ल बल्ल ‘खजुरे ब्रो’ बाट डेब्यु गर्ने मौका पाएकी नितिले जितुले झै सफलताको स्वाद डेब्युबाट चाख्न पाईनन् । दुबैजना फरक फरक फिल्मबाट डेब्युमा चुकेका छन्, अपेक्षा गरौँ अब दुबैजाना मिलेर ‘ज्वाईं साब’लाई भने उकास्ने छन् । यो फिल्मको ३० दिनको अवधिमा छायांकन प्याकअप भएको छ । चित्लाङमा २३ दिन र चितवनमा ७ दिन खिचेपछि यो फिल्मको छायांकन सम्पन्न भएको हो । केही फरक रहेका कारणले प्रमुख भुमिकामा रहेका जितु र नितिको क्यारेकटर लुक्स र गेटअपलाई सार्वजनिक गरिएको छैन । छायांकन सम्पन्न गरेपछि अब फिल्म युनिट पोस्ट प्रोडक्सनमा जुटेको छ । तर, यो फिल्मको भने हालसम्म प्रदर्शन मिति तय भैसकेको छैन् । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा वसन्त निरौलाको निर्देशन रहेको छ । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । फिल्ममा नीति र जितुको अलावा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

‘धोका खाए’बाट उत्कृष्ट लोक मोडल बने सुमित जँग थापा

अर्काे पाेस्ट

‘अजम्बरी’ गीतमा आकाश श्रेष्ठ र गरिमा शर्माको जमेको क्यामेस्ट्रि

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?
कलिउड न्युज

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

✍ परिकला न्यूज
जेष्ठ १, २०८२ मा प्रकाशित
0

...

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक
कलिउड न्युज

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

✍ परिकला न्यूज
जेष्ठ १, २०८२ मा प्रकाशित
0

...

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित
५ करोड लगानीमा ‘राजकुमारी’ घोषणा, मुख्य अभिनेत्री खोज्दै निर्माण टीम

५ करोड लगानीमा ‘राजकुमारी’ घोषणा, मुख्य अभिनेत्री खोज्दै निर्माण टीम

बैशाख २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

जेष्ठ १, २०८२ मा प्रकाशित
किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

जेष्ठ १, २०८२ मा प्रकाशित
‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana